२०८३, २० आश्विन बुधबार

काभ्रेको ढुंखर्क स्वास्थ्य चौकी बाट प्रदान गरिने सेवाहरु बन्द

काभ्रेको ढुंखर्क स्वास्थ्य चौकी बाट प्रदान गरिने सेवाहरु बन्द


बनेपा २५ साउन : काभ्रेको बेथानचोक गाँउपालिकाले ढुंखर्क स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । साउन २३ गते वडा नम्बर २ मा रहेको ढुंखर्क स्वास्थ्य चौकीको क्वारेन्टाईनमा बस्ने २१ वर्षीय युवतीले आत्महत्या गरेपछि बन्द गरिएको हो ।

आत्महत्याको घटना पछि स्थानीयले स्वास्थ्य चौकी तोडफोड तथा स्वास्थ्यकर्मी माथि समेत आक्रमण गरेका थिए । स्थानीयको तोडफोडबाट स्वास्थ्य चौकी तथा क्वारेन्टाईन स्थल क्षति पुगेकाले सेवा बन्द गर्ने निर्णय गरिएको गाँउपालिकाका अध्यक्ष प्रेम बाहादुर तिमल्सीनाले बताउनुभयो ।

अध्यक्ष प्रेम बाहादुर तिमल्सीनाका अनुसार गाउँपालिकाले अर्को सुचना प्रकाशन नभए सम्ममा लागी सबै सेवारु बन्द गर्ने निर्णय गरेको छ । स्वास्थ्य चौकी बन्द भए पनि प्रसुती सेवाका लागि भने गाँउपालिकाले एम्बुलेन्स संञ्चालन गर्ने भएको छ । तोडफेडका क्रममा दुई जना स्वास्थ्य कर्मी घाईते भएका छन् ।

स्थानीयहरुले मोटरसाईकल, स्वास्थ्य चौकीको औषधी, फ्रीज, झ्याल, ढोका लगायत फर्नीचरका समानहरुमा र गाँउपालिका अध्यक्षको घरमा समेतभएको अध्यक्ष तिमल्सीनाले बताउनु भयो ।

प्रकाशित मिति : २०७७, २५ श्रावण आईतबार  ६ : ३३ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको