२०८३, ३१ श्रावण सोमबार

सोलुखुम्बुको हिमताल फुट्यो, सोलुमा चौरी गोठ बगायो

सोलुखुम्बुको हिमताल फुट्यो, सोलुमा चौरी गोठ बगायो


सोलुखुम्बु, २५ साउन : सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका–१ र २ को सीमानामा रहेको चोकर्मा ताल सेतो पोखरी फुटेको छ ।

चोकर्मा हिमताल फुट्दा सोलु खोलामा शुक्रबारदेखि पानीको बहाब बाढL आएको सोलु दूधकुण्ड नगरपालिकाका मेयर नामगेल जाङ्बु शेर्पाले जानकारी दिएका छन् ।

शुक्रबार बिहान सोलु खोलामा आकस्मिक रुपमा लेदोसहितको बाढी आएको र एउटा चौरी गोठ पनि बाढीले बगाएको उनले जानकारी दिए । स्थानीयले दूधकुण्ड फुटेकाले बाढी आएको आशंका गरेको बताउँदै मेयर शेर्पाले भने, ‘तर पछि स्थानीय दावा शेर्पासहित ५६ जना स्थानीयबासीको समूहले स्थलगत अध्ययन गर्दा दूधकुण्ड नभएर चोकर्मा ताल फुटेको पाइयो ।’

उनले तालको एक छेउ मात्र फुटेका कारण सबै पानी बग्न नपाउँदा क्षति कम भएको जानकारी दिएका छन् । ‘चोकर्मा तालमा पानी धेरै छ । दूधकुण्ड भन्दा पनि यो ताल ठूलो छ,’ सुनाए । पाँच हजार पाँच सय मिटरको उचाइमा रहेको चोकर्मा तालको सबै पानी बाहिरिए सोलु खोलामा ठूलो बाढी आउने र त्यसले धेरै जनधनको क्षति हुन सक्ने भएकाले सबैलाई सचेत रहन उनले आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : २०७७, २५ श्रावण आईतबार  ९ : ०२ बजे

लुम्बिनीमा एमाले सरकारलाई जसपाको ‘ब्रेक’, समर्थन फिर्ता

बुटवल । नेकपा एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई जनता समाजवादी

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–१ कट्टिपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको

निजी क्षेत्रलाई दबाएर अर्थतन्त्र चल्दैन : चन्द्रप्रसाद ढकाल

ललितपुर । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष एवं ग्लोबल आईएमई

बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको

विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट नियन्त्रणमा

काठमाडौं । नेपाल वायुसेवा निगमका दुई कर्मचारीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय