२०८२, २६ फाल्गुन बुधबार

जन्मदिनमा खेलाडीलाई स्पोर्टस सुज

जन्मदिनमा खेलाडीलाई स्पोर्टस सुज


धुलिखेल, १२ साउनः बनेपा नगरपालिका वडा नम्बर ६ का सामाजिक अगुवा भेषराज शाहले आफ्नो जन्मदिनमा खेलाडीलाई स्पोर्टस सुज वितरण गर्नुभएको छ । नगरस्तरीय मेयर कप फुटबल प्रतियोगितामा प्रथम भएको वडा नम्बर ६ का खेलाडीलाई स्पोर्टस सुज वितरण गर्नुभएको हो । नगरस्तरीय मेयर कप फुटबल प्रयोगिता गत पुस दोस्रो साता भएको थियो ।

खेलाडीहरुलाई हौसला मिलोस् भनेर स्पोर्टस सुज वितरण गरेको शाहले बताउनुभयो । सोमबार वडाध्यक्ष सचितानन्द केसीको उपस्थितिमा १८ जोर स्पोर्टस सुज खेलाडीलाई हस्तारण गरिएको हो । ‘नगरस्तरीय मेयर कपमा वडाका खेलाडी साथीहरुले जुन सफलता हासिल गर्नुभयो, यसलाई निरन्तरता दिन सबै वडाबासीको हौसलाको खाँचो पर्छ, शाहले भने ‘त्यही हौसलाका लागि सानो सहयोग गरेको हुँ ।’

मेयर कपमा पहिलो भएरसँगै यो वर्ष प्रतियोगिता आयोजना गर्ने जिम्मा समेत वडा नम्बर ६ कै परेको छ । वडाध्यक्ष केसीले आफ्नै वडाले आयोजना गर्ने प्रतियोगितामा खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गर्ने दावी गर्नुभयो । ‘अहिले कोरोना संक्रमण नफैलियोस् भन्नका लागि खेलकुदका गतिविधिहरु हुन सकेका छैनन्, उहाँले भन्नुभयो ‘परिस्थिति सहज हुने वित्तिकै सबै खेलाडीहरुले प्रशिक्षण सुरु गर्नुहुनेछ, नगरस्तरीय मात्रै होइन्, राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा समेत हाम्रो वडाका खेलाडीहरुले सहभागिता जनाउनसक्ने गरी काम गर्ने छौँ ।’

शाह राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य हुन् । अघिल्लो वर्षको जन्मदिनमा शाहले बनेपा नगरपालिकाको वडा नम्बर ६ मै रहेको गोसाँईस्थानमा क्षेत्रमा वृक्षारोपण गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७७, १२ श्रावण सोमबार  १० : ४६ बजे

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा