२०८३, २१ बैशाख मंगलबार

नेपालगन्ज चार वर्षभित्र हरियाली शहरमा परिणत हुने, वातावरणमैत्री अभियान शुरु

नेपालगन्ज चार वर्षभित्र हरियाली शहरमा परिणत हुने, वातावरणमैत्री अभियान शुरु


नेपालगन्ज, २ भदौ नेपालगञ्ज उपमहानगरपालिकालाई वातावरणमैत्री बनाइने भएको छ । नेपालकै सबैभन्दा बढी गर्मी हुने शहरका रुपमा परिचित नेपालगञ्जमा विरुवा रोपेर हरियालीयुक्त स्वच्छ वातावरण बनाउने अभियान शुरु गरिएको छ । भौतिक पूर्वाधार निर्माणका कारण बढ्दै गएको तापक्रम सन्तुलन गर्न र वातावरण स्वच्छ बनाउन हरियाली अभियान थालिएको हो । आउँदो चार वर्षभित्र नेपालगञ्जलाई हरियाली शहरका रुपमा विकास गर्न वृक्षारोपण लगायतका कार्यक्रम र अभियान शुरु गरिएका हुन् ।

बढ्दो शहरीकरण, जनसंख्या वृद्धि, वातावरण प्रदूषण आदि कारणले तापक्रम वृद्धिका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव पर्ने स्थिति आउने सम्भावनालाई दृष्टिगत गरी सरोकारवाला सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँगको सहकार्यमा विरुवा रोप्ने, त्यसको संरक्षण तथा सम्वद्र्धन गर्ने र सरसफाइलगायतका चेतनामूलक कार्यक्रम भइरहेका छन् ।

गत मंसिर ८ गतेको प्रथम नगरसभाले नै नेपालगञ्जलाई वातावरणमैत्री नगर बनाउन एक घर—एक चर्पी, एक व्यक्ति—एक विरुवा र एक ओडा—एक बाल उद्यान बनाउने योजना पािरत गरेको थियो । सोही योजनाअन्तर्गत प्रथम चरणमा नेपालगञ्जको राँझादेखि सीमा क्षेत्रसम्म वृक्षरोपण भइरहेको छ । यसैगरी नगरको सुर्खेत सडकखण्डका अधिकांश स्थानमा सामाजिक सङ्घसंस्थाको सहयोग र सहकार्यमा उपमहानगरपालिकाले वृक्षारोपणको काम सम्पन्न गरिसकेको जनाएको छ । अभियानलाई यहाँको क्लीन नेपालगञ्ज ग्रिन नेपालगञ्ज, नेपालगञ्ज उद्योग वाणिज्य सङघ, बी गु्रपलगायतका दर्जनौं संस्थाले सघाउँदै आएका छन् ।जिल्ला वन कार्यालय र उपमहानगरपालिकाको साझेदारीमा सुर्खेत रोडमा रु २१ लाख बराबरको ट्रिगार्डसहितको विरुवा रोप्ने तयारी भइरहेको छ । सडकबीचको ग्रीनबेल्टमा विभिन्न जातका ३५० वटा विरुवा रोपिने वन कार्यालयका निमित्त प्रमुख गणेश खड्काले जानकारी दिनुभयो । वृक्षरोपण अभियानमा कालिका कन्सट्रक्सनसँगको साझेदारीमा क्षेत्रीय शहरी विकास आयोजनाले पनि दुई हजार वटा ट्रि—गार्ड सहयोग गरेको छ । अभियान अन्तर्गत नगरका टोलटोलका सडक किनारमा छिट्टै्र विरुवा रोप्न शुरु गरिने बताउँदै नगर प्रमुख डा धवलशम्शेर राणाले चार वर्षभित्र नगरलाई हरियाली शहर बनाउने दाबी गर्नुभयो ।

हरियाली अभियान अन्तर्गत एक घर, एक विरुवा रोप्नै पर्ने अनिवार्य व्यवस्थालाई भने अधिकांशले घर निर्माण गर्ने क्रममा पूर्णरुपमा अवलम्वन गरेको पाइएको छैन । यसका सूक्ष्म अध्ययन गरिने र नियम पालना नगरेको पाइए उपमहानगरपालिकाको सेवा सुविधाबाट समेत वञ्चित गर्न सकिने नगर प्रमुख राणाको भनाइ छ ।

प्रकाशित मिति : २०७५, ३ भाद्र आईतबार  ७ : १७ बजे

सार्वजनिक खरिद अध्यादेशप्रति निर्माण व्यवसायी असन्तुष्ट, पूर्वाधार विकासमा असर पर्ने चिन्ता

काठमाडौं । नेपाल सरकारले ल्याएको सार्वजनिक खरिद अध्यादेशले पूर्वाधार निर्माणका

जनमत पार्टीमा विवादबीच सरकार समर्थन कायम रहेको दाबी, आन्तरिक मतभेद सतहमा

जनकपुरधाम । जनमत पार्टीभित्र देखिएको आन्तरिक विवादका बीच संसदीय दलका

यूएईमा ‘सम्भावित हवाई खतरा’को चेतावनी, अमेरिकी दूतावास सतर्क

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)स्थित अमेरिकी दूतावासले ‘सम्भावित हवाई

मेघगर्जनसहित वर्षा बढ्ने संकेत, सतर्क रहन आग्रह

काठमाडौं । देशभर आज मौसम बदली भई विभिन्न स्थानमा मेघगर्जन

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष