२०८३, ११ आश्विन सोमबार

नुवाकोटमा पहिरोले १० घर बगायो, लाखौको क्षति उद्धार जारी

नुवाकोटमा पहिरोले १० घर बगायो, लाखौको क्षति उद्धार जारी


नुवाकोट, २ भदौ अविरल वर्षका कारण नुवाकोटमा बाढीपहिरोले १० घर बगाएको छ । जिल्लामा विभिन्न स्थानमा गएराती आएको बाढीपहिरोले घर,पशुचौपाया तथा धनमाल बगाएको प्रहरीले जनाएको छ । घर बगाउँदा लाखौँको क्षति भएको छ ।

सलाखु खोलामा आएको बाढीले किस्पाङ गाउँपालिका–३ कितिली बगरका ओमबहादुर तामाङको पक्की घर र घरभित्र रहेका २० मुरी धान, लत्ताकपडा, नगद रु ८५ हजार क्षति भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । तामाङको रु दुई लाखभन्दा बढीको क्षति भएको पनि प्रहरी जनाएको छ । सोही स्थानमा धनबहादुर तामाङको घर र घरमा रहेको २० मुरी धानसमेत बगाउँदा रु एक लाख मूल्य बराबरको क्षति भएको छ ।  यस्तै जितबहादुर तामाङ आठ रोपनी खेत, रुद्रबहादुर तामाङको तीन रोपनी, कृष्णबहादुर तामाङको तीन रोपनी, नुरबतासीबहादुर तामाङको तीन रोपनी खेतसमेत खोलाले बगाएर बगर बनाएको प्रहरीले जनाएको छ ।  बेलकोटगढी नपा–११ अमारेमा अमारे खोलामा आएको बाढीले हरिभक्त तिवारीको दुई घर र घरमा रहेको किराना पसल,मासुपसलसमेत बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पसल सञ्चालक रामराजा तामाङ र श्रीमती शुभलक्ष्मी सामान्य घाइते भएको र बाढीको कारण रु आठ लाख बराबरको क्षति भएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । यसैगरी गएरातिकै पहिरोले शिवपुरी गाउँपालिका–६ थानाभञ्ज्याङका मनोज लामा र डिलबहादुर तामाङको घर पनि बगाएको छ । घरमा रहेको तीन बाख्रा, अन्नपात, लत्ताकपडासमेत बगाएको छ । पहिरोले दुई घर बगाउँदा रु छ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । त्यस्तै तादी गाउँपालिका–६ आलडाँडाँका डोरबहादुर तामाङकोे दुई वटा र मुकेश तामाङको एउटा घर पहिरोले बगाएको छ ।

पहिरोले २५ वटा बाख्रा, गाईगोरु पनि बगाएको छ भने अन्नपात र लत्ताकपडा नष्ट भएको छ । उनीहरुको सात लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै गएराती नै विदुर नपा–२ पाटीपानीका अर्जुन कसाइका घर पनि पहिरोले बगाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  १० : ३० बजे

डडेलधुरा अस्पताल अध्यक्ष छनोटमा हस्तक्षेपको प्रश्न, कानुनी प्रक्रिया कि राजनीतिक पहुँच ?

डडेलधुरा । संघीय सरकार मातहत रहेको डडेलधुरा अस्पताल विकास समितिको

मलेखु–मुग्लिङ सडक ठप्प : १० भन्दा बढी ठाउँमा पहिरो, यात्रा नगर्न प्रशासनको आग्रह

काठमाडौं । लगातारको वर्षापछि पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डका १०

पञ्चकुमारी सहकारीको १९औँ साधारण सभा

बनेपा । पञ्चकुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बनेपाले आर्थिक वर्ष

कालीगण्डकीको कहर : पर्वतमा ६६ घर बगायो, २३ घर मृत्युको जोखिममा

पर्वत । अविरल वर्षापछि उर्लिएको कालीगण्डकीले पर्वतमा ठूलो विनाश मच्चाएको

‘थ्रेट’ भन्दै पूर्वप्रधानन्यायाधीश राणा पक्राउ, कारण नखुल्दै परिवारको जिम्मा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पक्राउ परेको केही समयमै रिहा