२०८३, ८ असार मंगलबार

मण्डदेउपुर नगरपालिका फाँटमा इट्टाभट्ट सञ्चालन गर्न नपाइने

मण्डदेउपुर नगरपालिका फाँटमा इट्टाभट्ट सञ्चालन गर्न नपाइने


धुलिखेल, २० असारः मण्डनदेउपुर नगरपालिकाले नगरपालिकाभित्र वर्षमा तीन बाली लाग्ने फाँटमा ईंटा उद्योग स्थापना गर्न नदिने भएको छ । नगरपालिकाको ७ औँ नगरसभाले आगामी वर्ष पनि फाँटमा ईटा उद्योग सञ्चालन गर्न नदिने कार्यक्रमलाई निरन्तरता दिएको हो ।

आँशिखोला, कुन्ताफाँट, ढाइटारफाँट, चाखोलाफाँट, ढाईटार, सिपाघाट, जोगीटार, ज्वानेटार, हल्देटार, कामीटार, आँपघारी, रायोबारी, राम्चेवेशी, गैह्रीखेत, डुँडे, बोक्से, माझीटार, मजुवा भिमटार, साण्डी, ठुल्डी र जैसिथोक क्षेत्रमा ईट्टा भट्ट सञ्चालन गर्न पाइने छैन । बाली उत्पादन हुने मुख्य ठाउँमा इट्टा भट्ट सञ्चालन गर्दा बालीमा प्रत्यक्ष असर पर्ने भएकाले यस्तो नीति बनाइएको नगरप्रमुख टोक बहादुर वाइबाले बताउनुभयो ।

यसैबीच नगरपालिकाले आगामी आर्थिक वर्षमा नकुहिने फोहोर ब्यवस्थापन गर्न ल्याण्डफिल साइटको भौतिक पूर्वाधारको निमार्ण गर्ने भएको छ । कुहिने फोहोर भने आफ्नै ठाउँमा ब्यवस्थापन गर्न नगरपालिकाभर सचेतना मुलक कार्यक्रम सञ्चालन गरिनेछ ।

प्रकाशित मिति : २०७७, २० असार शनिबार  ६ : ०६ बजे

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि

रास्वपा महाधिवेशन अघि बढ्यो : मतदाता नामावली प्रकाशन, सभापतिदेखि सबै पदमा प्रतिस्पर्धा खुला

चितवन । प्रतिनिधि नामावली विवादका कारण सोमबारदेखि रोकिएको राष्ट्रिय स्वतन्त्र

चार वर्षपछि विनोद शाही हत्या प्रकरणमा नयाँ मोड : उच्च अदालतबाट ६ जनालाई जन्मकैद

धनगढी । अछामका किशोर विनोद शाहीको हत्या प्रकरणमा जिल्ला अदालतले

प्रतिनिधि विवादले रास्वपाको बन्द सत्र प्रभावित, महाधिवेशन कार्यतालिका अस्तव्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सोमबार

कमलामाईमा सार्वजनिक खरिद व्यवस्थापन तालिम सकियो

सिन्धुली: सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी तालिम आज सकिएको छ ।