२०८२, ११ पुस शुक्रबार

दैलेखको सदरमुकाममै पहिरो, तीन जनाले ज्यान गुमाए, २५ घर जोखिममा

दैलेखको सदरमुकाममै पहिरो, तीन जनाले ज्यान गुमाए, २५ घर जोखिममा


दैलेख, २ भदौ अविरल रुपमा परेको वार्षातका कारण पहिरोले दैलेखको नारायण नगरपालिका– ६ नजिक गणेशचोकमा बसोवास गर्दै आएका नमूना बस्तीका तीन जनाले अनाहकमै ज्यान गुमाए । भिरालो जमीनमा टहरा निर्माण गरेर बसेको नमूना बस्तीमा यो वर्षको वर्षातसँगै २५ घर जोखिममा रहेका छन् । लगातारको वर्षात्ले घरभन्दा माथिबाट पहिरो आएपछि बस्ती जोखिममा पर्न थालेको भन्दै समुदायका सबै चिन्तित भएको पव वादीले बताउनुभयो ।

अहिले सिन्की गाजलीको घर पहिरोले पुरिएको छ, अन्य २४ घरका वादी समुदाय घरभित्रको सामान आफन्तको सारेका छन् । विगत तीन वर्षदेखि हरेक वर्षात्मा पहिरोको जोखिममा पर्दै आएको समुदायको लागि दिगो व्यवस्थापन अझै हुनसकेको छैन् । जिल्ला प्रशासन, जिल्ला प्रहरी र नारायण नगरपालिकाले विभिन्न पहल थालेको भए पनि उचित स्थानको अभाव भएका कारण बस्ती अन्यत्र सार्न समस्या भएको नारायण नगरपालिका–१ का वडाध्यक्ष तीर्थनारायण श्रेष्ठले जानकारी दिनुभएको छ ।

वर्षात्मा दैलेख सदरमुकामको गणेशचोकमा रहेको अजित श्रेष्ठको घर भत्किएको छ, घरमा पसल गर्दै आएकी ममता श्रेष्ठको सामान स्थानीय बासिन्दाको पहलमा उद्धार गरिएको छ । पसलमा करीब रु १० लाख बराबरको क्षति भएको छ ।

नारायण नगरपालिका–ंं१ मा रहेको तारा थापाको घर पूरै भत्किएको छ । घरभित्रका सबै सामान पुरिएका छन् । घरमा कोही व्यक्ति नभएकाले सकुसल रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । लगातारको वर्षात्सँगै दैलेखका विभिन्न स्थानमा पहिरो खसेपछि यातायातका साधन अवरुद्ध भएका छन् । कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो खसेका कारण तीन दिनदेखि सडक अवरुद्ध भएको छ ।

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  ५ : १६ बजे

सञ्चारमन्त्री खरेलको शीर्ष नेतासँग भेटघाट, चुनावी वातावरणमा जोड

काठमाडौं । निर्वाचनको वातावरण बनाउन सरकार सक्रिय बनेको छ। यसैक्रममा

रवि–बालेन संवाद निर्णायक मोडमा, आजै एकता वा अलग बाटो स्पष्ट हुने

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं मेयर बालेन

चुनाव कांग्रेसको एजेन्डा, सरकारबाट वातावरण निर्माणको माग : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको अपरिहार्य प्राथमिकता

सिन्धुलीको कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था तनावग्रस्त

विश्वप्रकाश शर्माद्वारा आगामी निर्वाचन नलड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने