२०८३, १३ बैशाख सोमबार

धुलिखेल रंगशालामा प्यारापिट निर्माण सुरु

धुलिखेल रंगशालामा प्यारापिट निर्माण सुरु


धुलिखेल, ३ असारः धुलिखेल नगरपालिका वडा नम्बर ७ स्थित रंगशालामा दर्शक बस्ने ठाउँ (प्यारापिट) निर्माणको काम सुरु गरिएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा प्यारापिट निर्माण सुरु गरिएको हो । चालु आर्थिक वर्षमा प्रदेश सरकारले २५ लाख रुपयाँ सहयोग गरेको नगरप्रमुख अशोक ब्याञ्जुले जानकारी दिए । प्यारापिटको नगरप्रमुख ब्याञ्जु र उपप्रमुख बिमला शर्माले शिलान्यास गरेका हुन् ।

यो रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । डिपिआर अनुसारनै प्यारापिट निर्माण थालिएको नगरपालिकाका इन्जिनियर हरेराम हुमागाईले बताए । डिपिआर अनुसार रंगशाला निर्माणका लागि ५५ करोड रुपैयाँ लागत लाग्नेछ ।

यो खेलमैदानको २३ रोपनी जग्गा छ । अपुग जग्गा अतिग्रहण गरिनेछ । नयाँ रंगशाला ३५ रोपनी क्षेत्रफलमा फैलिनेछ । पहिलो चरणमा ४ हजार जना दर्शक अट्ने रंगशाला निर्माण हुनेछ । पहिलो चरणमा २० करोड रुपैयाँ खर्च हुने इन्जिनियर हुमागाईले बताए । डिपिआरमा ६ हजार दर्शक अट्ने गरी डिजाइन गरिएको छ ।

चार तल्ले भवन, मल्टिप्लेक्स हल, स्मार्ट पार्किङ, अपाङ्गमैत्री सडक बन्ने छन् । इन्जिनियर हुमागाईका अनुसार तीन वर्षभित्रमा रंगशाला निर्माण पुरा हुनेछ ।

प्रकाशित मिति : २०७७, ३ असार बुधबार  २ : ०६ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले