२०८२, ११ पुस शुक्रबार

समृद्ध प्रदेश निर्माण गर्ने सरकारको सङ्कल्प : मुख्यमन्त्री डोरमणि पौडेल

समृद्ध प्रदेश निर्माण गर्ने सरकारको सङ्कल्प : मुख्यमन्त्री डोरमणि पौडेल


काठमाडौँ, २ भदौ : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नम्बर ३ को सरकार जनताले प्रत्यक्ष अनुभूति हुने गरी समृद्ध प्रदेशका रुपमा विकास गर्न क्रियाशील रहेको बताउनुभएको छ ।

मदन भण्डारी फाउण्डेशनको दोस्रो राष्ट्रिय सम्मेलनको शनिबार उद्घाटन गर्दै उहाँले भन्नुभयो, “नेपाल कम्युनिस्ट पार्टीको वर्तमान सरकारले देशमा व्यापक परिवर्तन गरेरै छाड्नेछ, यो हाम्रो सङ्कल्प हो । यसमा हामीलाई सबैको साथ र सहयोग आवश्यक छ ।” पच्चीस वर्षअघि जननेता मदन भण्डारीले स्थापना गरेको जगमा हामी अहिले उभिरहेका छौँ भन्दै उहाँले मदन भण्डारीको सपनालाई जीवन्त बनाउन सकेमा मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो । मदन भण्डारी फाउण्डेशनका केन्द्रीय सदस्य सीता पौडेलले दुई फरक धार भएका नेकपा एमाले र माओवादीबीच एकतासँगै बहुदलीय जनवादको पक्षमा सहमति बनेको प्रसङ्ग उल्लेख गर्नुभयो ।

नेकपाका नेता डा राजन भट्टराई र देवराज घिमिरेले मदन भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनलाई प्रजातान्त्रीकरण गर्नुभएको प्रसङ्ग उल्लेख गर्नुभयो । कार्यक्रमका सभापति मदन भण्डारी फाउण्डेशनका उपाध्यक्ष गुरु बरालले जनताको आशालाई विश्वासमा परिणत गर्न राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमा पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  ४ : ५८ बजे

सञ्चारमन्त्री खरेलको शीर्ष नेतासँग भेटघाट, चुनावी वातावरणमा जोड

काठमाडौं । निर्वाचनको वातावरण बनाउन सरकार सक्रिय बनेको छ। यसैक्रममा

रवि–बालेन संवाद निर्णायक मोडमा, आजै एकता वा अलग बाटो स्पष्ट हुने

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं मेयर बालेन

चुनाव कांग्रेसको एजेन्डा, सरकारबाट वातावरण निर्माणको माग : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको अपरिहार्य प्राथमिकता

सिन्धुलीको कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था तनावग्रस्त

विश्वप्रकाश शर्माद्वारा आगामी निर्वाचन नलड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने