२०८१, १० फाल्गुन शनिबार

सिन्धुपाल्चोकमा नदीजन्य पदार्थ उत्खन्न र संकलन गर्न बन्द

सिन्धुपाल्चोकमा नदीजन्य पदार्थ उत्खन्न र संकलन गर्न बन्द


धुलिखेल, १ असारः सिन्धुपाल्चोक जिल्लामा नदीजन्य पदार्थ उत्खन्न र संकलन कार्य बन्द गरिएको छ । आइतबार बसेको जिल्ला अनुगमन तथा समन्वय समितिको बैठकले आज देखि जिल्ला भित्रका सबै खोला र नदीबाट नदीजन्य पदार्थ उत्खन्न तथा संकलन कार्य बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले भदौँ मसान्तसम्म नदीजन्य पदार्था उत्खन्न र संकलन कार्य बन्द गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले बताए । उनका अनुसार जिल्ला अनुगमन तथा समन्वय समितिले नदीहरुको अनुगमन थाल्नेछ । अनुगमनका क्रममा स्काभेटर प्रयोग गरेर नदीजन्य पदार्थ उत्खन्न गरेको पाइएका नदीजन्य पदार्थ संकलन तथा उपयोग सम्बन्धि कार्यविधि २०७५ बमोजिम कारबाही गरिनेछ ।

बैठकमामा स्काभेटर बाहेक जीविको पार्जनका लागि कसैले नदीजन्य पदार्थ संकलन गर्छ भन्ने त्यस ब्यक्तिलाई कारबाही नगर्ने बारे पनि छलफल भएको छ । ‘कुनै समुदायले यहि नदीबाटै जीविको पार्जन गरिरहेका छन्, त्यस्तो समुदायको हकमा कारबाही प्रक्रियालाई कसरी लैजाने भन्ने कुरा बैठकमा उठेका थियो, जिसस प्रमुख तामाङले भने ‘जीविको पार्जनको नाममा नदीमा जथाभावि उत्खन्न गर्न नपाइने भन्ने विषयमा सबैको मत एक छ ।’

सिन्धुपाल्चोक जिल्ला भएर बग्ने सुनकोशी, इन्द्रावतीका साथै सहायक नदीहरुमा समेत प्रशस्तै क्रसर उद्योगहरु सञ्चालनमा छन् । ‘हामीले आजबाट स्काभेटर प्रयोग गरेर नदीजन्य पदार्थ उत्खन्न र संकलन गर्न नपाउने निर्णय गरेका हौँ, प्रमुख तामाङले भने ‘पहिलेसम्म जे जति संकलन भएका छन त्यो बेच्न पाइन्छ, तर नदी उत्खन्न गर्न पादैँन ।’

प्रकाशित मिति : २०७७, १ असार सोमबार  ८ : ४० बजे

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,