२०८३, २७ भाद्र आईतबार

देवीटारमा खानीपानी ट्याङकी निर्माण अन्तिम चरणमा

देवीटारमा खानीपानी ट्याङकी निर्माण अन्तिम चरणमा


धुलिखेल, ३१ जेठः धुलिखेल नगरपालिकाको वडा नम्बर १ देवीटारमा खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । वडा नम्बर १ को देवीटारमा १० लाख आर्थिक सहयोगमा सञ्चालन भएको योजना मुहान देखि ट्याङकी निर्माणसम्मको काम सकिएको छ ।

त्यस्तै फोक्सेभिर खानेपानी आयोजनाको ७० प्रतिशत काम सकिएको वडाध्यक्ष रमेश प्रसाद घोरासइनेले जानकारी दिनुभयो । यो खानेपानी आयोजनाको काम पनि चालु आर्थिक वर्षभित्र सकिने छ । नगरपालिकाको आर्थिक सहयोगमा भइरहेको कामको नगरप्रमुख अशोक ब्याञ्जुले आज अवलोकन समेत गरेको वडाध्यक्ष घोरासइनेले बताउनुभयो ।

दुई योजना अन्तर्गत वडाका ४ सय घरधुरी लाभान्वित हुनेछन् । धारा जडानको काम भने आगामी आर्थिक वर्षबाट सुरु हुनेछ । एक घर, एक धारा कार्यक्रम अन्तर्गत खानेपानी आयोजना सुरु भएको र काम सोचेअनुसार नै भइरहेको नगरप्रमुख ब्याञ्जुले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, ३१ जेष्ठ शनिबार  ६ : २८ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।