२०८३, ८ असार मंगलबार

पनौतीमा संक्रमतिको घर सिल, सम्पर्कमा आएकाको खोजी सुरु

पनौतीमा संक्रमतिको घर सिल, सम्पर्कमा आएकाको खोजी सुरु

घरपरिवारका ६ जनाको स्वाब संकलन


धुलिखेल, २५ जेठः पित्त थैलीको अप्रेसन गर्न धुलिखेल अस्पताल भर्ना भएका पनौती नगरपालिका वडा नम्बर ८ का एक जनामा कोरोना पुष्टि भएपछि उनको घर सिल गरिएको छ । बाहिरी मान्छेसँग परिवारका कुनै पनि सदस्यहरुलाई भेटघाट नगर्न नदिइएको वडाध्यक्ष केशब बन्जाराले जानकारी दिए ।

३९ बर्षीय ती संक्रमितका घरपरिवारका ६ जनाको हिजो नै स्वाब संकलन भइसकेको छ । उनीहरुको रिपोर्ट भने आइनसकेको वडाध्यक्ष बन्जाराले बताए । ‘संक्रमितका ६ जना परिवारको हिजो नै स्वाब धुलिखेल अस्पतालमा संकलन भइसकेको छ, वडाध्यक्ष बन्जाराले भने ‘रिपोर्ट आएको छैन, हामीले सबैलाई सचेतना पूर्वक बसिदिन आग्रह गरेका छौँ, संक्रमितको घर सिल गरिएको छ, एक घरबाट अर्को घर नजान भनेका छौँ ।’

ती संक्रमितलाइ कहाँबाट संक्रमण भयो भन्ने कुरा पत्ता लगाउन निकै मुस्किल परेको पाइएको छ । उनी घरगाउँमै खेती किसान गर्ने गर्थे । अस्पताल भर्ना हुनुभन्दा अघिसम्म पनि उनी मेलापर्ममा गइरहेको वडाध्यक्ष बन्जाराले बताए । ‘उहाँ विदेशबाट आउनुभएको पनि होइन, घरगाउँमै खेती किसान गर्ने मान्छे हो, वडाध्यक्ष बन्जाराले भने ‘अहिले संक्रमितसँग सम्पर्कमा आएका सबैको खोजी भइरहेको छ ।’

नगरपालिकाको स्वास्थ्य शाखाले संक्रमितसँग सम्पर्कमा आएका सबैलाई चिकित्सकको सम्पर्कमा ल्याउने काम गरिरहेको छ । वडा सचिव भगवान बस्नेतले एक सुचना मार्फत चिया तथा मदिरा जन्य पसल बन्द गर्न आग्रह गरेका छन् । त्यस्तै खाद्यान्न पसल पनि सामाजिक दुरी कायम गरेर विहान ६ बजेदेखि ८ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खोल्न समय निर्धाण गरिएको छ । भिडभाडमा नजान र गइहाल्ने अनिवार्य मास्कको प्रयोग गर्न भनिएको छ । त्यस्तै शंकास्पद र अपरिचित ब्यक्तिसँग टाडै रहन पनि वडाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७, २५ जेष्ठ आईतबार  ११ : ४३ बजे

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि

रास्वपा महाधिवेशन अघि बढ्यो : मतदाता नामावली प्रकाशन, सभापतिदेखि सबै पदमा प्रतिस्पर्धा खुला

चितवन । प्रतिनिधि नामावली विवादका कारण सोमबारदेखि रोकिएको राष्ट्रिय स्वतन्त्र

चार वर्षपछि विनोद शाही हत्या प्रकरणमा नयाँ मोड : उच्च अदालतबाट ६ जनालाई जन्मकैद

धनगढी । अछामका किशोर विनोद शाहीको हत्या प्रकरणमा जिल्ला अदालतले

प्रतिनिधि विवादले रास्वपाको बन्द सत्र प्रभावित, महाधिवेशन कार्यतालिका अस्तव्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सोमबार

कमलामाईमा सार्वजनिक खरिद व्यवस्थापन तालिम सकियो

सिन्धुली: सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी तालिम आज सकिएको छ ।