२०८२, २ माघ शुक्रबार

बनेपामा रुकुम घटनाका मृतकप्रति श्रद्धाञ्जली

बनेपामा रुकुम घटनाका मृतकप्रति श्रद्धाञ्जली


धुलिखेल, २४ जेठः पश्चिम रुकुममा भएको हत्यामा ज्यान गुमाएका प्रति काभ्रेका दलित समुदायले श्रद्धाञ्जली अपर्ण गरेका छन् । शुक्रबार साझँ बनेपाको चारदोबाटोमा भेला भएर श्रद्धाञ्जली अपर्ण गरिएको हो ।

संयुक्त राजनीतिक दलित संघर्ष समितिले काभ्रेको आयोजनामा भएको कार्यक्रममा दीप प्रज्वलन गरेर मृत आत्मप्रति चिर शान्तिको कामना समेत गरिएको थियो । श्रद्धाञ्जली सभामा सहभागि दलित अगुवाहरुले दोषिलाई कडा भन्दा कडा कारबाहीको माग गरेका छन् ।

दीप प्रज्वलन तथा श्रदान्जली सभा कार्यक्रममा नागरिक समाज, वकिल, पत्रकार लगायतले पनि सहभागिता जनाएका थिए । श्रद्धाञ्जली सभामा बोल्दै संघर्ष समितिका अध्यक्ष प्रकाश रोक्काले जातीय विभेद मुक्त समाज निर्माणका कानुन कार्यान्वयन गर्ने तहमा बसेका हरेक ब्यक्तिले जिम्मेवारी पूर्वक काम गर्नु पर्नेमा जोड दिए ।

जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर ८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जाजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ बर्षीय नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । त्यस बेला केटी लाने पक्ष नवराज विकको समूहलाई कुटपिट गरको थिए उक्त घटनामा ६ जनाको शव भेरी नदीमा भेटिएको थियो ।

प्रकाशित मिति : २०७७, २४ जेष्ठ शनिबार  १० : ५१ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा