२०८३, ३१ श्रावण सोमबार

बनेपामा रुकुम घटनाका मृतकप्रति श्रद्धाञ्जली

बनेपामा रुकुम घटनाका मृतकप्रति श्रद्धाञ्जली


धुलिखेल, २४ जेठः पश्चिम रुकुममा भएको हत्यामा ज्यान गुमाएका प्रति काभ्रेका दलित समुदायले श्रद्धाञ्जली अपर्ण गरेका छन् । शुक्रबार साझँ बनेपाको चारदोबाटोमा भेला भएर श्रद्धाञ्जली अपर्ण गरिएको हो ।

संयुक्त राजनीतिक दलित संघर्ष समितिले काभ्रेको आयोजनामा भएको कार्यक्रममा दीप प्रज्वलन गरेर मृत आत्मप्रति चिर शान्तिको कामना समेत गरिएको थियो । श्रद्धाञ्जली सभामा सहभागि दलित अगुवाहरुले दोषिलाई कडा भन्दा कडा कारबाहीको माग गरेका छन् ।

दीप प्रज्वलन तथा श्रदान्जली सभा कार्यक्रममा नागरिक समाज, वकिल, पत्रकार लगायतले पनि सहभागिता जनाएका थिए । श्रद्धाञ्जली सभामा बोल्दै संघर्ष समितिका अध्यक्ष प्रकाश रोक्काले जातीय विभेद मुक्त समाज निर्माणका कानुन कार्यान्वयन गर्ने तहमा बसेका हरेक ब्यक्तिले जिम्मेवारी पूर्वक काम गर्नु पर्नेमा जोड दिए ।

जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर ८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जाजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ बर्षीय नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । त्यस बेला केटी लाने पक्ष नवराज विकको समूहलाई कुटपिट गरको थिए उक्त घटनामा ६ जनाको शव भेरी नदीमा भेटिएको थियो ।

प्रकाशित मिति : २०७७, २४ जेष्ठ शनिबार  १० : ५१ बजे

मोरङ कारागारमा ‘रवि शैली’को सिको? छतमा चढेर कैदीबन्दीको शक्ति प्रदर्शन

विराटनगर । प्रहरीको नियमित खानतलासीलाई लिएर मोरङ कारागारका कैदीबन्दीले सोमबार

विकास बैंकमा नाफाको विस्फोट, आठ बैंकले थपे साढे ३ अर्ब

काठमाडौं । विकास बैंकहरूको नाफामा यसपटक सामान्य सुधार होइन, ठूलै

भारतीय प्रधानसेनापति सेठलाई आज नेपाली सेनाको मानार्थ महारथी दर्जा

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई आज नेपाली

लाभांश क्षमतामा एभरेष्टको छुट्टै उचाइ, प्रतिफलको आशा बलियो

काठमाडौं । शेयर बजारमा साउन मसान्त केवल आर्थिक वर्ष सकिएको

लुम्बिनीमा आचार्यको शक्ति परीक्षण, बहुमतका लागि साना दलको साथ निर्णायक

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य आज प्रदेशसभामा आफ्नो