२०८३, १६ बैशाख बिहीबार

नयाँ नक्साको खुशियालीमा निजगढका युवाहरुले गरे दिप प्रज्वलन

नयाँ नक्साको खुशियालीमा निजगढका युवाहरुले गरे दिप प्रज्वलन


निजगढ: निजगढका युवाहरुले सरकारले सार्वजनिक गरेको नयाँ नक्साको खुशीयालीमा दिप प्रज्वलन गरेका छन् । केहि दिन अघि सरकारले सार्वजनिक गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नक्साको खुशीयालीमा दिप प्रज्वलन गरिएको स्थानीय युवा प्रभाकर तिमल्सिनाले जानकरी दिए ।

हिजो साँझ सामाजिक दुरी कायम गर्दै निजगढ ५ पुर्बटोलमा रहेको जन जागृति युवा क्लबको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा यसै वडाका वडा अध्यक्ष थल प्रसाद गौतम, जन जागृति युवा क्लबका अध्यक्ष भोला प्रसाद ढुंगाना, समाज सेवी सुरथ पुरी, भिम प्रसाद तिमल्सिना, केशब गौतम, ढक प्रसाद गौतम, रामहरी गौतम, सुर्य बहादुर थापा, सन्तोष अर्याल, महिला समाज सेवी राधिका तिमल्सिना, भवानी ढुंगाना, इश्वरी थापा र यसै वडाका युवा प्रकाश गौतम, नवराज राउत लगायत सहभागि रहेको स्थानीय युवा प्रभाकर तिमल्सिनाले बताए ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको नक्सामा राखेर सरकारले नयाँ नक्सा जारी गरेर बहादुरी देखाएको भन्दै वडाबासीले खुशियाली मनाएका हुन् । सरकारको यो कदमले सारा नेपालीको मुहारमा खुशी पलाएको वडाध्यक्ष गौतमले बताए । समाजसेवी सुरथ पुरीले पनि यो दिन नेपाल र नेपालीको लागी फेरी अर्को इतिहास लेखिएको दिन भएको बताए ।

कार्यक्रममा समाजसेवी भिम प्रसाद तिमल्सिनाले सरकारलाई आफ्नो भूमी फिर्ता गर्न जस्तो सुकै सहयोग गर्नुपरे पनि सबै जनताले दिने बताए । कार्यक्रममा सहभागि भएका युवाहरुले भारतीय ज्यादती नेपालीले सहन नसक्ने भन्दै नेपाली भूमीमा भइरहेको भारतीय हस्तक्षेप तत्काल बन्द गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : २०७७, १३ जेष्ठ मंगलबार  ७ : ४४ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले