२०८३, ९ भाद्र बुधबार

काभ्रेमा क्वारेन्टाइन बस्नेको संख्या ४३ पुग्यो

काभ्रेमा क्वारेन्टाइन बस्नेको संख्या ४३ पुग्यो


धुलिखेल, ११ जेठः काभ्रेमा क्वारेन्टाइन बस्नेको संख्या बढ्दै गएको छ । आतबारसम्म ४३ जना ब्यक्ति क्वारेन्टाइनमा रहेको कोभिड संकट ब्यवस्थापन केन्द्र काभ्रेले जनाएको छ । सबैभन्दा बढी २७ जना धुलिखेल स्थित सञ्जिवनी उच्च माविको क्वारेन्टाइनमा रहेका छन् ।

प्राप्त वितरण अनुसार उनीहरु सबै लकडाउनको अवधिमा भारतबाट आएका हुन् । धुलिखेल अस्पतलामा ७ जना, पाँचखालमा ४ जना, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकामा २÷२ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै पनौतीको क्वारेन्टाइनमा १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए ।

जिल्लामा आरडिटी विधि मार्फत कोरोना भाइरसको परीक्षण दायरा बढाइएको छ । आरडिटीमा कोरोना संक्रमण देखिएका सबैलाई पीसीआर रिपोर्ट नआउँदा सम्म क्वारेन्टाइनमा राख्ने गरिएको छ । धुलिखेल अस्पतालको आइसोलेसन बेडमा आज पनि एक जनाको मात्रै उपचार भइरहेको छ ।

हालसम्म काभ्रेका जिल्लाका १ सय ७२ जनाको पीसीआर विधि मार्फत कोरोना परीक्षण गरिएको छ ।

प्रकाशित मिति : २०७७, ११ जेष्ठ आईतबार  ५ : ४१ बजे

आजको विदेशी मुद्राको विनिमयदर : डलर १५२.३७, पाउन्ड २०८.६७ र युरो १७८.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

संसदमा आज बालेनको परीक्षा : सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाह

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक प्रधानमन्त्री बालेन्द्र शाहका लागि महत्वपूर्ण

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी-पहिरोको जोखिममा सतर्क रहन आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि

कांग्रेसको बहिष्कारबीच थापाले जोगाए बागमतीको सत्ता, राप्रपाका ७ सांसद निर्णायक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन