२०८३, १४ बैशाख मंगलबार

काभ्रेमा प्रहरीद्धारा स्थानीयलाई ज्यानमार्ने धम्की

काभ्रेमा प्रहरीद्धारा स्थानीयलाई ज्यानमार्ने धम्की


धुलिखेल, १० जेठः काभ्रेमा प्रहरीले स्थानीयलाई ज्यानमार्ने धम्की दिएको छ । प्रहरी चौकी कटुञ्जेबेशीमा कार्यरत असई महेश्वर दाहालले रोशी गाउँपालिका वडा नं ५ सिपाली नागबेलीका नारायण हुमागाई, प्रदिप हुमागाई र श्यामकृष्ण मैनालीलाई  हिजो राती ज्यानमार्ने धम्की दिएका हुन् ।

रोशी गाउँपालिका वडा नं ५ का शेरबहादुर तामाङको बुद्धचित्त मालाको विषयलाई लिएर नारायण हुमागाईलाई असई दाहालले गोली हानेर मरिदिने धम्की दिएको पीडितले बताएका छन् । असई दाहालले प्रदिप हुमागाई र मैनालीलाई ९८५७८३५०७२ नम्बरको मोबाईबाट अपशब्द बोल्दै मारिदिने धम्की दिएपछि स्थानीयहरु त्रसित भएको स्थानीय हरिकुमार मैनालीले बताए । मैनालीका अनुसार प्रहरीले धम्की दिएपछि नारायण हुमागाइले घरछाडेर हिडेका छन् ।

वडा नं ५ का वडा अध्यक्ष तिर्थ लामाले तेमाल गाउँपालिकाका दुधराज लामा, सिजन लामा र प्रभात लामासँग माला धनी शेरबहादुर तामाङबीच ९० लाख रुपैयाँमा बिक्री गर्ने सम्झौता गराएका थिए ।

अनुसंधनको क्रममा असई दाहालले स्थानीयलाई धम्की दिएको खुलेमा कारवही गरिने जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपि रविराज पौडयालले बताए ।

प्रकाशित मिति : २०७७, १० जेष्ठ शनिबार  ५ : ३८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले