२०८२, १३ फाल्गुन बुधबार

धुलिखेल अस्पतालमा दैनिक कोरोना परीक्षण हुने, ५० बेडको आइसोलेसन वार्ड बनाईने

धुलिखेल अस्पतालमा दैनिक कोरोना परीक्षण हुने, ५० बेडको आइसोलेसन वार्ड बनाईने


धुलिखेल, ७ जेठ :  धुलिखेल अस्पतालमा अब दैनिक कोरोना भाइरसको परीक्षण हुने भएको छ । जिल्ला संकट ब्यवस्थापन केन्द्र (सीएमसी) काभ्रेको आज बसेको बैठकले भोली देखि अस्पतालमा दैनिक परीक्षण गर्ने ब्यवस्था मिलाउने निर्णय गरेको हो ।

धुलिखेल अस्पतालमा हस्ताको दुई दिन आइतबार र बुधबार मात्रै कोरोना भाइरसको परीक्षण हुदैँ आएको थियो । सीएमसीले जिल्लामा ५० बेडको आइसोलेसन बेड बनाउने समेत निर्णय गरेको छ । हाल जिल्लामा १३ बेड मात्रै आइसोलेसन छ । संघ, प्रदेश र दातृ निकायको सहयोगमा आइसोलेसन बेड निर्माण गरिने प्रमुख जिल्ला अधिकारी एवं सीएमसीका संयोजक श्रवण कुमार तिमिल्सिनाले जानकारी दिए ।

बैठकले जिल्ला धुलिखेल र बनेपामा जिल्ला स्तरीय ३÷३ सय बेड, नगरपालिका र गाउँपालिकामा १÷१ सय बेडको क्वारेन्टाइनको संख्या बढाउने पनि निर्णय गरेको छ । भारत लगायत जिल्लाका विभिन्न ठाउँबाट आएका नागरिकलाई बनेपा र धुलिखेलको क्वारेटाइनमा राखिने भएको छ । यी दुई ठाउँका क्वारेन्टाइनमा ब्यवस्थापनका लागि प्रत्येक नगरपालिकाहरूले ५ लाख र गाउँपालिकाहरू ३ लाख रूपैयाँ एकहप्ताभित्र उपलब्ध गराउनु पर्ने निर्णय समेत बैठकले गरेको छ ।

प्रकाशित मिति : २०७७, ९ जेष्ठ शुक्रबार  ५ : ०७ बजे

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

यसपटक सूर्य चिन्हमा मतदान गर्नुहोस्, विकास निर्माणलाई तीव्रता दिनेछु : अमित लामा

बनेपा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं

रास्वपाको सभा हेर्न होइन, सहकारी ठगी रवि र ‘सिंहदरबार जलाउने’ बालेन्द्र शाहको अनुहार चिन्न आएको भीड हो : पोखरेल

इटहरी । कोशी प्रदेशको इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

भोट माग्न जब महेश बस्नेतको सुकुम्वासी बस्तीमा भयो प्रवेश, तब घन्कियो नौमति बाजा, नाच्यो सुकुम्वासी बस्ती

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली

मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपदको सारथी

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली