२०८२, ७ पुस सोमबार

कोरोना भाइरसबाट मृत्यु भएकी महिलाका शिशु र श्रीमान डिस्चार्ज

कोरोना भाइरसबाट मृत्यु भएकी महिलाका शिशु र श्रीमान डिस्चार्ज


धुलिखेल, ९ जेठः धुलिखेल अस्पतालमा कोरोना भाइरबाट मृत्यु भएकी नेपालकै पहिलो महिलाका नवजात शिशु र श्रीमान सहितका आफन्त डिस्चार्ज भएका छन् । सिन्धुपाल्चोक जिल्लाका बाह्रबिसे नगरपालिका वडा नम्बर ९ राम्चेकी २९ बर्षीय सुत्केरी महिलाको जेठ १ गते राति उपचारका क्रममा मृत्यु भएको थियो ।

महिलाको मृत्यु पछि नवजातशिशु, श्रीमान, उनका आमा र बहिनीलाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो । उनीहरुमा कोरोना संक्रमण नदेखिएपछि शुक्रबार डिस्चार्ज गरिएको अस्पतालका प्रशासकिय निर्देशक डाक्टर रमेश माकजुले जानकारी दिए ।

शिशुमा हल्का जण्डिस र शरीरमा स–साना बिमिराको समस्या देखिएपछि अस्तालले थप उपचार गर्न भन्दै राखेको थियो । अस्पतालका बालरोग विशेषज्ञहरुले आवश्यक चेक जाँच गरि जण्डिस र ससाना बिमिरा निकाएपछि नवजातशिशुलाई पनि डिस्चार्ज गरिएको डाक्टर माकजुले बताए । अस्पतालले डिस्चार्ज भएको सबैलाई थप एक हप्ता सम्बन्धित जिल्लाको क्वारेन्टिनमा राख्न सल्लाह दिएको छ ।

डाक्टर माकजुका अनुसार क्वारेन्टिनबाट डिस्चार्ज हुनु अघि उनीहरु सबैको आरडिटी विधि मार्फत कोरोना भाइरसको परीक्षण गराउनुपर्ने छ । क्वारेन्टाइनमा बस्दा नवजात शिशु र परिवारका सदस्यहरुमा कोरोना भाइरसका लक्षण देखा परे मात्र पीसीआर विधि मार्फत पुनः परीक्षण गराउनुपर्ने अस्पतालले बताएको छ ।

प्रकाशित मिति : २०७७, ९ जेष्ठ शुक्रबार  १ : १७ बजे

मधेस प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामआशीष यादवले आज पदभार

संविधानको दायरामै सेना : जंगीअड्डाको ६ बुँदे स्पष्टिकरण

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको