२०८३, ९ भाद्र बुधबार

सुनकोशीमा बेपत्ता एक जना अझै फेला परेनन

सुनकोशीमा बेपत्ता एक जना अझै फेला परेनन


धुलिखेल, ८ जेठः काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नम्बर ८ सापिङस्थित सिलामे भीरमा बोलेरो गाडी दुर्घटना हुँदा सुनकोशी नदीमा खसेर बेपत्ता भएका दुईजना मध्ये एकको शव फेला परेको छ । भुम्लु गाउँपालिका वडा नं ४ का बासिन्दा भोला महतको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

बेपत्ता भएका वडा नं १ का २६ वर्षीय अशोक गिरीको नेपाली प्रहरी सशस्त्र प्रहरीको टोलीले खोजी कार्य जारी राखेको छ । हिजो दिउँसो दोलालघाटबाट सिमेन्ट र कुखुराको दाना लिएर सापिङ जादै गरेको बा १६ च ८८३८ नंको सो गाडी अचानक पछाडिको दुईवटै टायर सडकबाट तल खसी दुर्घटनामा परेको थियो ।

गाडीमा सवार सोही ठाउँ बस्ने ३९ वर्षीया सानुमाया गिरीको बायाँ हात भाँच्चिएको र उहाँ उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ८ जेष्ठ बिहीबार  ६ : ०७ बजे

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना न्यून छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

ब्यारोन ट्रम्पलाई मार्न १ करोड डलरको इनाम घोषणा? इरानी सरकारी टेलिभिजनको भिडियोपछि अमेरिका सतर्क

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा ब्यारोन ट्रम्पलाई

आजको विदेशी मुद्राको विनिमयदर : डलर १५२.३७, पाउन्ड २०८.६७ र युरो १७८.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

संसदमा आज बालेनको परीक्षा : सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाह

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक प्रधानमन्त्री बालेन्द्र शाहका लागि महत्वपूर्ण

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी-पहिरोको जोखिममा सतर्क रहन आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि