२०८३, १२ कार्तिक बिहीबार

यसाे भन्छन, कोरोना संक्रमणबाट मृत्यु भएका पहिलो ब्यक्तिकाे गाउँ राम्चेका स्थानीय

यसाे भन्छन, कोरोना संक्रमणबाट मृत्यु भएका पहिलो ब्यक्तिकाे गाउँ राम्चेका स्थानीय


धुलिखेल, ४ जेठः बागमति प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल स्वास्थ्यकर्मी लिएर आफै कोरोना संक्रमणबाट मृत्यु भएकी सुत्केरी महिलाको गाउँ पुगेका छन् । मन्त्री दुलाल मृतक २९ बर्षीय महिलाको गाउँ सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे गाउँपालिका वडा नम्बर ९ राम्चे पुगेका हुन् ।

प्रदेश मन्त्रालय अन्र्तगत गठित दु्रत प्रतिकार्य टोलीले कोरोना भाइरसका कारण सुत्केरी महिलाको मृत्यु भएपछि टोलीले कन्ट्याक्ट ट्रेसिङको आधारमा पहिलो चरणमा मृतक महिलाको घर क्षेत्रको आफन्तको स्वाब संकलन सुरु गरिएको हो ।

सामाजिक विकास मन्त्री सहित प्रदेश स्वास्थ्य निर्देशानलय हेटौडाको प्रमुख रमेश अधिकारी,प्रदेशका विज्ञ डाक्टर पुरुषोतम सेढाई,प्रयोगशाला प्रमुख नारयण कार्की,जिल्ला स्वास्थ्य प्रमुख दुर्गादत्त चापागाई सहितको आठ सदस्य द्रुत प्रतिकार्य टोली मृतक महिलाको गाउँ बाह्रविसे नगरपालिका ९ राम्चे ठोटनेरीमा पुगेको थियो ।

वाग्मती प्रदेशको प्रदेश स्वास्थ्य निर्देशानलयले पहिलो घेरामा कम्तीमा १ सय जनाको पीसीआर परीक्षणका लागि सूची तयार पारेको सामजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिए ।

राम्चेकी सुत्केरी महिलाकाे धुलिखेल अस्पतालमा बिहिबार उपचारका क्रममा मृत्यु भएकाे थियाे । ज्वराे, रूघाखाेकी र सास फेर्न समस्या भएपछि अस्पताल भर्ना भएकी महिलामा काेराेना भाइरस पुष्टि भएकाे थियाे ।

मन्त्रीसहितको टोलीलाई स्थानीयले गाउँका सबैको कोरोना परीक्षण गर्नुपर्ने माग गरेका थिए । ‘हामी सबै त्रासमा छौ,हामी सबै गाउँलेको परीक्षण गर्नुपर्छ ।’ स्थानीय कृष्ण कार्कीले मन्त्री सहितको स्वास्थ्यकर्मीहरुको टोलीसँग भने । स्वास्थ्यकर्मीहरुको टोलीले भने सबैको परीक्षण गर्नुनपर्ने बताएका थिए । मृतक महिलाको गाउँमा जम्मा २३घरधुरी रहेको छ ।

प्रकाशित मिति : २०७७, ४ जेष्ठ आईतबार  ७ : ४८ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता