२०८३, ९ असार बुधबार

सापिङ उर्लेनीका स्थानीय भन्छन् ‘फौजी किराले मकैबाली सखाप पर्यो, स्थानीय तहले वास्ता गरेन

सापिङ उर्लेनीका स्थानीय भन्छन् ‘फौजी किराले मकैबाली सखाप पर्यो, स्थानीय तहले वास्ता गरेन


धुलिखेल, ४ जेठः काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर १ सापिङ्ग, उर्लेनीका किसान चिन्तित बनेका छन् । अमेरिकन फौजी किराले मकैबाली खाएपछि किसान चिन्तित बनेका हुन् ।

दोस्रो पटक गोड्ने बेला हुन लागेको मकैबाली फौजी किराले सखाप पार्न लागेको स्थानीय टिका बहादुर जिसीले जानकारी दिए । उर्लेनी गाउँका अधिकांश किसानका बारीमा फौजी किरा देखिएको छ । त्यसमा पनि टिका बहादुर जिसी, गोबिन्द बानिया, रमेश बुढाथोकी र देवकी जिसीको बारीमा लगाएको मकैबालीमा भने निकै ठूलो क्षति पुर्याएको छ ।

८ देखि १० पात भैसकेका मकैबालीमा फौजी किराले आक्रमण गरेको हो । वडा कार्यालय र गाउँपालिकाले अमेरिकन फौजी किरा नियन्त्रणका लागि कुनै चासो नदिएको किसानहरुले गुनासो गरेका छन् । वडा र पालिकाले बिषादी छर्कन सल्लाह दिएपनि विषादी गाउँमा नपाइने भएकाले समस्या भएको किसानहरुले बताएका छन् ।

विषादी लिन दोलालघाट वा पाँचखालसम्म आइपुग्नुपर्ने र आफुहरुसँग साधन नभएकाले पैदल हिडेर जान सम्भव नभएको किसानहरुले बताएका छन् । ‘सामान्य अवस्था भए त आफै विषादी लिन जान हुन्थ्यो, अहिले गाडी पनि चलेको छैन, साधन पनि छैन, टिका बहादुरले भने ‘समयमै पानी परेकाले मकैबाली निकै राम्रो थियो, तर सखाब परिदियो ।’

प्रकाशित मिति : २०७७, ४ जेष्ठ आईतबार  ६ : २७ बजे

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि

रास्वपा महाधिवेशन अघि बढ्यो : मतदाता नामावली प्रकाशन, सभापतिदेखि सबै पदमा प्रतिस्पर्धा खुला

चितवन । प्रतिनिधि नामावली विवादका कारण सोमबारदेखि रोकिएको राष्ट्रिय स्वतन्त्र

चार वर्षपछि विनोद शाही हत्या प्रकरणमा नयाँ मोड : उच्च अदालतबाट ६ जनालाई जन्मकैद

धनगढी । अछामका किशोर विनोद शाहीको हत्या प्रकरणमा जिल्ला अदालतले

प्रतिनिधि विवादले रास्वपाको बन्द सत्र प्रभावित, महाधिवेशन कार्यतालिका अस्तव्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सोमबार