२०८३, १२ कार्तिक बिहीबार

सुत्केरी महिलाको मृत्यु कोरोना भाइरसकै कारण- जिल्ला कमाण्ड पोष्ट काभ्रे

सुत्केरी महिलाको मृत्यु कोरोना भाइरसकै कारण- जिल्ला कमाण्ड पोष्ट काभ्रे


धुलिखेल, ३ जेठः जिल्ला कमाण्डा पोष्ट काभ्रेले कोरोना भाइरसकै सुत्केरी महिलाको मृत्यु भएको पुष्टि गरेको छ । जिल्लामा दिनभर कोरोना भाइरस राेकथाम तथा नियन्त्रणका लागि भएका प्रगति विवरणमा कमाण्ड पोष्टले कारोना भाइरसकै कारण धुलिखेल अस्तापमा सुत्केरी महिलाको मृत्यु भएको पुष्टि गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा समेत महिलाको मृत्यु कोरोना भाइरसको कारण भए नभएको बारे अनुसन्धान भइरहेको बताइरहेको बेला जिल्ला कमाण्ड पोष्टले भने कोरोना भाइरसकै कारण महिलाको मृत्यु भएको पुष्टि गरेको हो । मन्त्रालयले अध्ययनका लागि धुलिखेल अस्पतालमा मन्त्रालयका इन्सिडेन्ट कमाण्ड सिष्टम अन्तर्गतको आइसिएस अपरेशनल अफिसर डा. गुणराज लोहनीको नेतृत्वमा चिकित्सकहरूको टोली आइपुगेको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाको संयोजकत्वमा रहेको कमाण्ड पोष्टले दैनिक प्रगति विवरण सार्वजनिक गर्ने गरेको छ । कमाण्ड पोष्टको प्रगति विवरण जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं जिल्ला कमाण्ड पोष्टका सदस्य सचिव डाक्टर नरेन्द्र कुमार झाले आफ्नो फेसबुक मार्फत दैनिक सार्वजनिक गर्ने गरेका छन् ।

यसैक्रममा शनिबारको प्रगति विवरणमा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ९ की २९ बर्षीय महिलाको धुलिखेल अस्पतालमा कोरोनाबाट मृत्यु भएको बताएको हो । प्रगति विवरणमा मृतकका श्रीमान लगाएत ४ जनालाई धुलिखेल अस्पतालकै आइसोलेसनमा राखिएको उल्लेख छ ।

प्रकाशित मिति : २०७७, ३ जेष्ठ शनिबार  ६ : ५१ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता