२०८३, ९ भाद्र बुधबार

धुलिखेल अस्पतालमा सुत्केरी महिलाको मृत्यु, स्वाब परीक्षणकाे रिपाेर्ट आउन बाँकी

धुलिखेल अस्पतालमा सुत्केरी महिलाको मृत्यु, स्वाब परीक्षणकाे रिपाेर्ट आउन बाँकी


धुलिखेल, ३ जेठः सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ९ की एक सुत्केरी महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । ज्वरो, रुघाखोकी र स्वासप्रश्वासको समस्या भएपछि अस्पताल भर्ना भएकी उनीको मृत्यु भएको हो ।

बिहीबार धुलिखेल अस्पतालमा आइपुगेकी ती महिनाको उपचारकै क्रममा मृत्यु भएको हो । ९ दिनको बच्चा रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए । शिक्षण अस्पताल महारागञ्जमा सुत्केरी भएर उनी गाउँ गएकी थिइन् ।

बैशाख २७ गते शिक्षण अस्पतालबाट डिस्चार्ज भएर गाउँ गएकी उनलाई स्वास्थ्यमा समस्या आएपछि बैशाख ३१ गते बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको थियो । जेठ १ गते बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रले आइसियु नभएको भन्दै धुलिखेल अस्पताल लैजान सिफारिस गरेको बाह्रबिसे नगरपालिकाका स्वास्थ्य संयोजक होमनाथ लामिछानेले बताए । तर अस्पताल नलगेर घरमा लगेको पाइएको छ ।

गम्भीर बिरामीलाई अस्पताल नलगेर घर लगेपछि स्थानीयहरुले सुत्केरीका आफन्तलाई अस्पताल लैजान दबाब दिए । जेठ १ गते बिहीबार साझँ धुलिखेल अस्पतालमा ल्याइएको थियो । उनको त्यहि दिन राति मृत्यु भएको धुलिखेल अस्पतालका कोरोना परिक्षण विभागका सुचना अधिकारी डाक्टर सुमन ताम्राकारले पुष्टि गरे ।

कोरोना भाइरसको आंशकामा उनको स्वाब परीक्षण भइरहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए । ३० बर्षीय सुत्केरी महिलाकाे शव धुलिखेल अस्पतालमै राखिएकाे छ ।

प्रकाशित मिति : २०७७, ३ जेष्ठ शनिबार  १ : ४८ बजे

रसुवाको भोटेकोशीमा एक्कासि ठूलो बाढी, पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना न्यून छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

ब्यारोन ट्रम्पलाई मार्न १ करोड डलरको इनाम घोषणा? इरानी सरकारी टेलिभिजनको भिडियोपछि अमेरिका सतर्क

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा ब्यारोन ट्रम्पलाई

आजको विदेशी मुद्राको विनिमयदर : डलर १५२.३७, पाउन्ड २०८.६७ र युरो १७८.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

संसदमा आज बालेनको परीक्षा : सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाह

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक प्रधानमन्त्री बालेन्द्र शाहका लागि महत्वपूर्ण