२०८३, १७ बैशाख शुक्रबार

काभ्रेको भुम्लुमा क्रसर व्यवसायी र स्थानीयबीच झ’डप

काभ्रेको भुम्लुमा क्रसर व्यवसायी र स्थानीयबीच झ’डप


काभ्रे: काभ्रेपलाञ्चोकको भुम्लुमा क्रसर व्यवसायी र स्थानीयबीच झ’डप भएको छ । कोरोना महामारीका बेला क्रसर नियमित रुपमा चलिरहेको भन्दै स्थानीयले टिपर रोकेपछि शुरु भएको विवादका कारण झ’डप भएको हो ।

भुम्लु गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष एवं प्रत्यक्षदर्शी दलबहादुर तामाङले झ’डपबाट दुबै पक्षका केही युवा घा’इते भएको जानकारी दिए । ‘टिपर चलाउन नदिने भन्ने विषयमा विवाद हुँदा झ’डप भएको हो, मैले ३ जना घा’इते भएको देखेको छु, अरु पनि हुनसक्छन्’ वडाध्यक्ष तामाङले भने ।

१ जेठदेखि वितरण गरिएको पास समेत सरकारले खारेज गरेर लकडाउन कडा गरिएको बेला पनि टिपरले लगातार गिटीबालुवा ओसारी रहेको भन्दै स्थानीयले विरोध गरेका थिए । क्रसर व्यवसायीहरुले साँझको समयमा भए पनि आफ्नो काम नियमित गर्ने भएपछि त्यहाँ झ’डप भएको हुनसक्ने अध्यक्ष तामाङको भनाइ छ ।झ’डप भएको स्थानमा अहिले दोलालघाटबाट प्र’हरीको टोली पुगेको र मिलाउने प्रयास भइरहेको उनले बताए ।

प्रकाशित मिति : २०७७, १ जेष्ठ बिहीबार  ८ : ३७ बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले