२०८३, ९ कार्तिक सोमबार

‘इतिहास, संस्कृति र पहिचान मेटाएर नेपाल बन्दैन’ : मुख्यमन्त्री थापा मगर

‘इतिहास, संस्कृति र पहिचान मेटाएर नेपाल बन्दैन’ : मुख्यमन्त्री थापा मगर


काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको मौलिक संस्कृति, सनातनिक परम्परा र ऐतिहासिक पहिचानको संरक्षणमा जोड दिएका छन्। उनले नेपालको अस्तित्व भूगोलमा मात्र सीमित नभई पुर्खाको त्याग, बलिदान, आस्था र सांस्कृतिक विरासतसँग जोडिएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मुख्यमन्त्री थापा मगरले नेपालको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई भावी पुस्तासम्म पुर्‍याउनु आवश्यक रहेको उल्लेख गरेका छन्।

“नेपाल केवल भूगोल मात्र होइन, यो हाम्रो साझा इतिहास, आस्था, संस्कृति, परम्परा अनि चिनारी पनि हो,” उनले भनेका छन्।

नेपालको वर्तमान स्वरूप पुर्खाहरूको पौरख, पसिना र रगतको बलिदानबाट निर्माण भएको उल्लेख गर्दै उनले ऐतिहासिक विरासतको संरक्षणलाई महत्वपूर्ण दायित्वका रूपमा प्रस्तुत गरेका छन्।

“निकै लामो विरासत, पुर्खाको पौरख, पसिना र रगतको बलिदानीको परिणति आजको हाम्रो विशाल नेपाल हो,” उनले लेखेका छन्।

मुख्यमन्त्री थापा मगरले नेपालको सनातनिक परम्परालाई मौलिक स्वरूपमै संरक्षण गर्दै पुस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन्। “यहाँको सनातनिक परम्परालाई जस्ताको तस्तै राखेर पुस्तान्तरण गर्नु हाम्रो आवश्यकता हो,” उनले उल्लेख गरेका छन्।

प्रकाशित मिति : २०८३, ९ कार्तिक सोमबार  २ : ४४ बजे

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि

भूमिहीन र सहकारी पीडितको समस्या टुंग्याउने सरकारको दाबी : मन्त्री रावल

चितवन । भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउने र सहकारीमा बचत

नवदुर्गा जात्रालाई प्रदेश सरकारको एक लाख, राष्ट्रपतिद्वारा दर्शन

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाका अवसरमा भक्तपुरस्थित ऐतिहासिक