२०८२, २ माघ शुक्रबार

१०१ वर्ष पुगे सत्यमोहन जोशी

१०१ वर्ष पुगे सत्यमोहन जोशी


काठमाडौं, ३० बैशाख: ललितपुर निवासी शताव्दी पुरुष सत्यमोहन जोशी १०१ वर्ष पुगेका छन् । नेपाली कला, सँस्कृति र साहित्यमा योगदान गरेका जोशी वैशाख ३० गते मंगलबार १०१ वर्ष पुगेका हुन् ।

जोशी गत वर्ष एक सय वर्ष पुग्दा ललितपुर महानगरपालिकाले महानगरपालिकाभर सार्वजनिक विदा दिएको थियो । साथै महानगरपालिकाले एक वर्षभर विभिन्न कार्यक्रम गरी जन्मशताव्दी मनाउने निर्णय गरेको थियो ।

तर यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिम रोक्न लकडाउन गरिएकाले औपचारिक कार्यक्रमहरु छैनन् । उपमेयर गीता सत्यालले लकडाउनका कारण कुनै कार्यक्रम आयोजना नगरिएको बताइन् ।

गत वर्ष सत्यमोहनको सम्मानमा नगरपरिक्रमा, रक्तदान, नगरपालिकाभित्रका जेष्ठ नागरिकहरुलाई सम्मान लगायतका कार्यक्रम गरिएको थियो ।

यसैबीच जोशी १०१ वर्ष पुगेको अवसरमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले शुभकामना दिएका छन् । उनले ट्वीटरमार्फत् जोशीको सुस्वास्थ्यको कामना गरेका छन् ।

राजदूत बेरीले जोशीलाई महान नेपाली लेखक र जीवित साँस्कृतिक आइकनको उपमा दिएका छन् ।

प्रकाशित मिति : २०७७, ३० बैशाख मंगलबार  ८ : ४६ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा