२०८३, ३० असार बुधबार

सूर्यमुखी र भटमासको खानेतेल गुणस्तरहीन, वाग्मती उद्योगको उत्पादनमा सरकारले रोक लगायो

सूर्यमुखी र भटमासको खानेतेल गुणस्तरहीन, वाग्मती उद्योगको उत्पादनमा सरकारले रोक लगायो


विराटनगर, १ भदौ वाग्मती आयल इण्डष्ट्रिज मोरङ कटहरीद्वारा उत्पादित सूर्यमुखी तथा भटमासको खानेतेल गुणस्तरहीन भएको आरोपमा आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट खटिएको एक उच्चस्तरीय टोलीले उद्योगको उत्पादनमा रोक लगाएको छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजकत्वमा नेपाल गुणस्तर तथा नापतौल विभाग, वाणिज्य कार्यालय, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको संयुक्त अनुगमन टोलीले आज मोरङ तथा सुनसरी क्षेत्रका विभिन्न उद्योग तथा व्यापारी फर्ममा गरिएको अनुगमनका क्रममा उक्त रोक्का गरिएको जनाएको छ । साथै उक्त टोलीले बाबा भेजिटेवल आयल इण्डष्ट्रिज मोरङ कटहरीको सूयमुखी तथा भटमासको तेल, स्वास्तिक आयल इण्डष्ट्रिज मोरङ हात्तिमुडाबाट उत्पादित वनस्पति ध्यू, सूयमुखी, तोरी तथा भटमासको तेल, जेके आयल मिल्स सुनसरी दुहवीबाट उत्पादित तोरीको तेल, पशुपति खाद्य उद्योग प्रालि सुनसरी सोनापुरबाट उत्पादित सूर्यमुखी तथा भेटमासको तेल, श्री गृहलक्ष्मी हार्डवेयर, मोरङको वुढीगंगा टंकिसिनवारीबाट उत्पादित पिपिसि अन्नपुर्ण सिमेण्टको नमूना परीक्षणका लागि संकलन गरिएको नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनरका प्रमुख मनिस दासले बताउनुभयो ।

यसैगरी अन्य नमूना संकलन गरिएका उद्योगहरुमा हुलास वायर प्रालि सुनसरीबाट उत्पादित टिएमटि छड, विजय किराना पसल सुनसरीवाट खाद्य सामाग्री, रौनियार हाडवेयर सुनसरी दुहवीबाट गोरखकाली सिमेण्ट र तेज सिमेन्ट, सुशील स्टोर्स दुहवी सुनसरीबाट खाद्य सामाग्री,मोरङको टंकिसिनवारीस्थित कमला रोलिङ मिल्सबाट उत्पादित टिएमटि फलामे छड रहेका छन् ।

प्रकाशित मिति : २०७५, १ भाद्र शुक्रबार  १० : १६ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित