२०८२, २९ फाल्गुन शनिबार

भुम्लुका कुवँरले दिए ८५ परिवारलाई राहत

भुम्लुका कुवँरले दिए ८५ परिवारलाई राहत


धुलिखेल, २६ बैशाखः काभ्रेको भुम्लु गाउँपालिकाका तारा बहादुर कुवँरले काठमाण्डौमा दैनिक ज्याला मजदुरी गर्ने ८५ परिवारलाई खाद्य सामग्री उपलब्ध गराएका छन् । कुवँरले लकडाउनपछि खाद्यान्नको समस्या झेलिरहेका कंलकी क्षेत्रमा बसोबास गर्ने घरपरिवारलाई खाद्यान्न सहयोग गरेका हुन् ।

हजुरलाई नमस्ते ट्रेड लिंकका सञ्चालक रहेका कुवँर ६० परिवारलाई राहत उपलब्ध गराउने बताएका थिए । तर राहत बाड्ने थाहा पाएपछि ८५ परिवार पुगेको कुवँरले बताए । उनले अझै मानिसहरुलाई दैनिक खाद्यन्नको अभाव रहेको भन्दै ती परिवारलाई समेत छिट्टै उपलब्ध गराउने बताए ।

कुवँर चामल र दाल सहयोग गरेका हुन् । ‘यो एउटा हाम्रो सामाजिक उत्तरदायित्व पनि हो, विपद्को बेला जसले जति सक्छ, त्यत्ति सहयोग गर्नुपर्छ, कुवँरले भने ‘अझै केहि घर परिवार समस्यामा गज्रिरहेको छ, ती परिवारलाई पनि सहयोग उपलब्ध गराउँछु ।’

दैनिक ज्याला मजदुरी गर्ने, कोठाभाडामा बस्ने, असहाय, अपाङ्ग, बृद्धबृद्धा र अति विपन्न परिवारलाई राहत दिइएको कुवँरले बताए ।

प्रकाशित मिति : २०७७, २६ बैशाख शुक्रबार  ८ : ०६ बजे

कतारबाट नेपाल फर्कन चाहनेलाई आवेदन दिन दूतावासको अनुरोध

काठमाडौं । दोहास्थित नेपाली दूतावासले कतारबाट नेपाल फर्कन इच्छुक नेपाली

गगनलाई ३० बढी केन्द्रीय सदस्यको सुझाव : राजीनामा विकल्प होइन

काठमाडौं । नेपाली कांग्रेसका करिब ३० भन्दा बढी केन्द्रीय सदस्यहरूले

एमालेको समीक्षा : भदौ २३-२४ घटनाबारे गलत भाष्यले जनमत प्रभावित

काठमाडौं । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीले भदौ २३

श्रम संस्कृति पार्टीले छान्यो समानुपातिक सांसद

विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाका लागि समानुपातिक तर्फका चार

एमालेले छान्यो समानुपातिक सांसद (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसदको टुङ्गो लगाएको छ। आज