२०८२, २ माघ शुक्रबार

संसदको ल्होत्से हलमा सांसदहरुको स्वाब परीक्षण

संसदको ल्होत्से हलमा सांसदहरुको स्वाब परीक्षण


काठमाडौं, २५ बैसाख : संघीय संसदका दुबै सदनका सांसदहरुमा आज बिहीबार कोरोना भाइरस संक्रमण भए–नभएको परीक्षण जारी छ ।

शुक्रबारदेखि संघीय संसदको वर्षे अधिवेशन शुरु हुने भएकाले सांसदहरुको स्वास्थ्य परीक्षण गरिएको हो । राष्ट्रिय सभा सांसदहरुको परीक्षण बिहान १० बजेदेखि र प्रतिनिधिसभा सांसदहरुको ११ बजेदेखि पीसीआर प्रविधिबाट कोरोना परीक्षण भइरहेको छ ।

संघीय संसद भवनकै ल्होत्से हलमा कोरोना परीक्षणको व्यवस्था मिलाइएको सूचना अधिकारी दशरथ धमलाले जानकारी दिएका छन् । एकै दिनमा स्वाब संकलन गरिसक्ने सचिवालयको लक्ष्य छ । सांसदहरुको परीक्षण गरिसकेपछि कर्मचारी, मर्यादापालक र पत्रकारको स्वाब संकलनको प्रवन्ध मिलाइने सूचना अधिकारी धमलाले जानकारी दिए ।

मंगलबार बसेको कार्यव्यवस्था परामर्शसमितिको बैठकले स्वास्थ्य मन्त्रालयलाई संसद भवन छिर्नेहरुको स्वास्थ्य परीक्षणको व्यवस्थाका लागि आग्रह गरेको थियो । स्वास्थ्य मन्त्रालयले स्वीकार गरेपछि सचिवालयमा भएका चिकित्सकहरुका अतिरिक्त समेत थप गरेर कोरोना परीक्षणको व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २५ बैशाख बिहीबार  २ : १० बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा