२०८३, ९ भाद्र बुधबार

काभ्रे प्रवेश गर्ने सबै नाका शिल ! निर्णय मात्रैकी कार्यान्वयन पनि ?

काभ्रे प्रवेश गर्ने सबै नाका शिल ! निर्णय मात्रैकी कार्यान्वयन पनि ?


धुलिखेल, २४ बैशाखः जिल्ला कमाण्ड पोष्ट काभ्रेले फेरी एक पटक जिल्ला प्रवेश गर्ने नाकाबाट आवतजावत बन्द गर्ने निर्णय गरेको छ । कमाण्ड पोष्टले काभ्रे जिल्लासँग सिमाना जोडिएका सबै नाकाबाट आवतजावत रोक्ने निर्णय गरेको हो । सिन्धुपाल्चोकसँग सिमाना जोडिएको मण्डनदेउपुर नगरपालिका, भुम्लु र चौरीदेउराली गाउँकाको नाका बन्द हुनेछ । चौरीदेउरालीको रामेछापसँग पनि सिमाना जोडिएको छ ।

त्यस्तै भक्तपुरसँग जोडिएको बनेपा नगरपालिका, ललितपुरसँग जोडिएकोे खानीखोला र बेथानचोक गाउँपालिकाको पनि नाकाबाट आवतजावत गर्न पाइने छैन् । रामेछापसँग सिमाना जोडिएको तेमाल र रोशी गाउँपालिकाको नाका पनि बन्द हुनेछ ।

सिन्धुली र मकवानपुरसँग नाका जोडिएको महाभारत गाउँपालिकाबाट पनि आवतजावत गर्न नपाइने निर्णयमा उल्लेख छ । कमाण्ड पोष्टले जिल्लाको १३ वटै स्थानीय तहको वडा र वस्तीस्तरसम्म निगरानी समूह गठन गरेर लकडाउनको प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गरेको छ ।

कमाण्ड पोष्टले यसअघि पनि लकडाउन पछि थुप्रै निर्णय गरेको छ । तर कार्यान्वयनमा भने आएको छैन । जिल्लामा कमाण्ड पोष्टले निर्णयका लागि निर्णय मात्रै गर्ने गरेको टिप्पणी हुन थालेको छ । किन कि लकडाउन प्रभावकारी बनाउने भन्ने अनि सवारी पास दिइने काम कमाण्ड पोष्टका संयोजक प्रमुख जिल्ला अधिकारीबाटै भइरहेको छ ।

अरनिको र बीपी राजमार्गको अवस्था हेर्दा लाग्छ । लकडाउन सार्वजनिक सवारी साधनका लागि मात्रै कायम छ । निजी गाडी र टिपर निर्वाध रुपमा चलिरहेका छन् । एकातिर निर्णय गरेर नाका बन्द गर्ने अर्को तिर सवारी पास दिने गर्दा लकडाउनका पालना गर्ने नागरिक भने अचम्मित भएका छन् ।

प्रकाशित मिति : २०७७, २४ बैशाख बुधबार  ६ : ३८ बजे

रसुवाको भोटेकोशीमा एक्कासि ठूलो बाढी, पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना न्यून छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

ब्यारोन ट्रम्पलाई मार्न १ करोड डलरको इनाम घोषणा? इरानी सरकारी टेलिभिजनको भिडियोपछि अमेरिका सतर्क

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा ब्यारोन ट्रम्पलाई

आजको विदेशी मुद्राको विनिमयदर : डलर १५२.३७, पाउन्ड २०८.६७ र युरो १७८.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

संसदमा आज बालेनको परीक्षा : सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाह

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक प्रधानमन्त्री बालेन्द्र शाहका लागि महत्वपूर्ण