२०८२, ७ पुस सोमबार

मण्डदेउपुर नगरपालिकाले सबै विद्यालयका कार्यालय सहयोगीको तलब बृद्धि गर्ने

मण्डदेउपुर नगरपालिकाले सबै विद्यालयका कार्यालय सहयोगीको तलब बृद्धि गर्ने


धुलिखेल, २४ बैशाखः काभ्रेको मण्डनदेउपुर नगरपालिकाले नगरभित्रका सबै सामुदायिक विद्यालयका कार्यालय सहयोगीको मासिक तलब बृद्धि गर्न सिफारिस गरेको छ । नगरपालिकाको शिक्षा समितिले आगामी आर्थिक वर्ष २०७७/७८ देखि बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ताको मासिक पारिश्रमिक १३ हजार ५ सय रुपैयाँ पुर्याउन नगरसभा समक्ष सिफारिस गरेको छ ।

मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष टोकबहादुर वाइवाको संयोजकत्वमा बसेको बैठकले नगरसभालाई सिफारिस गरेको हो । नगर शिक्षा समितिले माध्यमिक तहका कार्यालय सहयोगीको पनि मासिक पारिश्रमिक १३ हजार ५ सय पुर्याउन सिफारिस गरेको छ ।

यसअघि संघीय सरकारले सहयोगी कार्यकता र माध्यमिक तहका कार्यालय सहयोगीको मासिक पारिश्रमिक ६ हजार तोकेको थियो । नगर शिक्षा समितिले माध्यमिक तहमा कार्यरत लेखा सहायकको हालको तलब ११ हजार ५ सयबाट १५ हजार पुर्याउन सिफारिस गरेको छ । त्यस्तै बाल कक्षा देखि ८ सम्म चलेका आधाभुत विद्यालयका सहयोगिको हालको मासिक तलब ४ हजारमा र ४५ सय गर्न सिफारिस गरिएको छ ।

नगर शिक्षा समितिले सबै कर्मचारीलाइ अरु शिक्षक सरह बार्षिक १० हजार पोशाक भत्ता पनि थप गर्न सिफारिस गरेको छ । नगर शिक्षा समितिले गरेको सिफारिस कार्यपालिका बैठलले अनुमोदन गरेको र नगरसभाले पारित गरेपछि कार्यान्वयनमा आउने प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले बताए ।

नगर भित्र ४३ वटा सामुदायिक बिद्यालय रहेका छन् । ‘नगर शिक्षा समितिले सिफारिस गरेको प्रस्ताव कार्यपालिका बैठकले अनुमोदन गरेको छ, प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले ‘अब नगरसभाले पारित गरेपछि कार्यान्वयनमा आउँछ ।’

प्रकाशित मिति : २०७७, २४ बैशाख बुधबार  ८ : ३५ बजे

मधेस प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामआशीष यादवले आज पदभार

संविधानको दायरामै सेना : जंगीअड्डाको ६ बुँदे स्पष्टिकरण

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको