२०८२, ७ पुस सोमबार

हिउँमा फसेका सिन्धुपाल्चोकका मजदुर सुरजलाई नेताले गरे उद्धार

हिउँमा फसेका सिन्धुपाल्चोकका मजदुर सुरजलाई नेताले गरे उद्धार


धुलिखेल, १९ बैशाखः हिउँमा फसेका सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर ४ का सुरज तामाङलाई हेलिकप्टर मार्फत सकुशल उद्वार गरिएको छ । विगत १४ दिन देखि रसुवाको गोसाइँकुण्ड नजिकैको तारेभिरमा आइपुगेपछि हिउँमा फसेका लामाको शुक्रबार बिहान उद्धार गरिएको हो ।

रसुवागढी हाइड्रोपावरमा मजदुरीको काम गर्दे आएका तामाङ लकडाउन लम्बिएपछि मेलम्ची हुँदै आफ्नो घर आउन बैशाख ६ गते हिडेका थिए । उनीहरुलाई नेकपाका केन्द्रिय सदस्य माधव सापकोटा र बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले हेलिकप्टर मार्फत उद्धार गरेका हुन् ।

तामाङको स्वास्थ अबस्था सामान्य रहेकोे छ । थप स्वास्थ्य  उपचारका लागि उनलाई अहिले सिभिल अस्पतालमा राखिएको छ ।

उनलाई वैशाख १६ गते नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको सूर्यकुण्ड फेदीभन्ने ठाउँमा स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेका थिए । त्यतिबेला बेहोसी अवस्थामा रहेका उनी अहिले सामान्य हिसाबले बोल्न सक्ने अवस्थामा रहेको सापकोटा बताउँछन् ।

सामान्य बोल्न सक्ने भएपछि लामाले गोठमा आइपुग्दासम्म आफूले बोकेर ल्याएको सातु खाएर बाँचेको प्रतिक्रिंया दिएका थिए । हिउँमा फसेपछि आफूले बोकेको म्याटलाई दुई टुक्रा पारेर शरीरमुनि ओछ्याउने र माथि ओड्ने गरेर पुनर्जीवन पाएको सुनाएका छन् ।

प्रकाशित मिति : २०७७, १९ बैशाख शुक्रबार  ११ : ३४ बजे

मधेस प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामआशीष यादवले आज पदभार

संविधानको दायरामै सेना : जंगीअड्डाको ६ बुँदे स्पष्टिकरण

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको