२०८३, ९ भाद्र बुधबार

भुम्लु स्वास्थ्य चौकीमा औषधिको मुल्यमा विवाद

भुम्लु स्वास्थ्य चौकीमा औषधिको मुल्यमा विवाद


धुलिखेल, १८ बैशाखः काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर ८ भुम्लुटारमा रहेको स्वास्थ्य चौकीमा स्थानीयले औषधिको विषयलाई लिएर विवाद सिर्जना गरेका छन् । स्वास्थ्य चौकीले उपचार गर्न आएका बिरामीसँग शुल्क लिएको भन्दै स्थानीयले आरोप लगाएपछि स्वास्थ्य चौकी प्रशासनले भने उपचार खर्च नदिएको दाबी गरेको छ ।

कोरोना भाइरस संक्रमण नफैलियोस भनेर सामाजिक दुरी कायम गर्न सरकारले दिएको निर्देशनको अवज्ञा गर्दै स्थानीयले विरोध स्वरुप स्वास्थ्य चौकीमा धर्ना समेत दिएका छन् । स्वास्थ्य चौकीका कर्मचारीले बिरामीसँग शुल्क लिएको र दुब्र्यहार गरेको बताएका छन् । तर वडाध्यक्ष एवं स्वास्थ्य चौकी ब्यवस्थापन समितिका संयोजक मोतीलाल तामाङले बिरामी र स्वास्थ्यकर्मी बीच औषधिको मुल्यमा विवाद भएको बताए ।

आकस्मिक रुपमा चलाउने औषधि र सरकारले निःशुल्क दिने औषधिको मुल्यमा केहि मत भिन्नता भएको वडाध्यक्ष तामाङले बताए । ‘गाउँमा अत्यावश्क पर्न सक्छ भनेर निःशुल्क बाहेकका अन्य औषधि पनि स्टक राखिएको हुन्छ, त्यहि निःशुल्क दिने औषधि र पैसा तिरेर लिनुपर्ने औषधिको विषयमा विवाद भएको हो, वडाध्यक्ष तामाङले भने ‘सामान्य विवादलाई थप अतिरञ्जित बनाइयो ।’

स्थानीयहरुले बढी शुल्क लिने र दुब्र्यहार गर्ने स्वास्थ्य कर्मीलाई कारबाहीको माग गरेका छन् । स्वास्थ्य चौकी इन्चार्ज सुनिता खरेल र एएनएम गोमा गौतमले आफुहरुबाट कुनै त्यस्तो गल्ती नदोहोरिने बताए ।

प्रकाशित मिति : २०७७, १८ बैशाख बिहीबार  ७ : ५७ बजे

रसुवाको भोटेकोशीमा एक्कासि ठूलो बाढी, पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना न्यून छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

ब्यारोन ट्रम्पलाई मार्न १ करोड डलरको इनाम घोषणा? इरानी सरकारी टेलिभिजनको भिडियोपछि अमेरिका सतर्क

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा ब्यारोन ट्रम्पलाई

आजको विदेशी मुद्राको विनिमयदर : डलर १५२.३७, पाउन्ड २०८.६७ र युरो १७८.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

संसदमा आज बालेनको परीक्षा : सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाह

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक प्रधानमन्त्री बालेन्द्र शाहका लागि महत्वपूर्ण