२०८३, १७ बैशाख शुक्रबार

काँग्रेस काभ्रेद्वारा स्थानीय तहलाई पीपीई र मास्क सहयोग

काँग्रेस काभ्रेद्वारा स्थानीय तहलाई पीपीई र मास्क सहयोग


धुलिखेल, १७ बैशाखः नेपाल काग्रेँस काभ्रेले जिल्लामा रहेका स्थानीय तहका स्वास्थ्य संस्थालाई पीपीई र मास्क सहयोग गरेको छ । पालिका मार्फत स्वास्थ्य संस्थालाई पीपीई र मास्क सहयोग गरिएको काँग्रेस काभ्रेको जिल्ला सचिव दिनेश लामाले जानकारी दिए ।

सचिव लामाका अनुसार जिल्लाको १३ वटा स्थानीय तहमध्ये ६ वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकिएको छ । कोशीपारी क्षेत्रमा पर्ने चौरीदेउराली, भुम्लु गाउँपालिका, मण्डनदेउपुर, पाँचखाल, धुलिखेल र पनौती नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । बाँकी रहेका ७ वटा स्थानीय तहलाई पनि छिट्टै स्वास्थ्य सामग्री उपलब्ध गराइने सचिव लामाले बताए ।

काग्रेसले हरेक स्थानीय तहमा रहेका स्वास्थ्य संस्थालाई एक/एक वटा पीपीई र २ सय वटा मास्क सहयोग गरेको हो । बिहिबार (भोली) नमोबुद्ध नगरपालिका, तेमाल र रोशी गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तण गरिने सचिव लामाले बताए । ‘कोरोना भाइरस विरुद्धको यो लडाइमा पहिलो लाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुलाई केहि हौसला मिलोस भनेर सहयोग गरेका हौ, काँग्रेसका जिल्ला सचिव लामाले भने ‘यस्ता महामारीका बेला जुन ठाउँबाट जति सकिन्छ सहयोग गर्दा राम्रो हुन्छ ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं केन्द्रीय ट्रेडयुनियन विभागका संयोजक शिव प्रसाद हुमागाई, पुर्व सांसद तीर्थ लामा, जिल्ला उपसभापति अचुत प्रसाद पौडेल, सचिव दिनेश लामा लगायतका काँग्रेस नेताहरुले सम्बन्धित स्थानीय तहमै पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७७, १७ बैशाख बुधबार  ३ : १० बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले