२०८३, ९ भाद्र बुधबार

बनेपामा लकडाउन उल्लंघन गर्ने २२ ब्यापारी प्रहरी नियन्त्रणमा

बनेपामा लकडाउन उल्लंघन गर्ने २२ ब्यापारी प्रहरी नियन्त्रणमा


धुलिखेल, १६ बैशाखः इलाका प्रहरी कार्यालय बनेपाले लकडाउन उल्लंघन गर्ने २२ जना ब्यापारीलाई नियन्त्रणमा लिएको छ । लकडाउनको उल्लंघन गरी पसल खोल्ने २२ जना ब्यापारीलाई मंगलबार विहान बनेपाका विभिन्न ठाउँबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

सरकारले तोकेभन्दा विपरितका पसल खोले पछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो । हार्डवेयर, कस्मेटिक, होटल, लुगा, जुत्ता लगायतका पसल खोल्ने ब्यापारीलाई नियन्त्रणमा लिएको तिमिल्सिनाले बताए ।

उनीहरुलाई झण्डै एक घण्टा लकडाउनका नियम, कोरोना भाइरसबाट बच्ने उपायका बारे सचेत गराएर पठाएको प्रहरीले जनाएको छ । बनेपा प्रहरीले यस अघि पनि सयौँ नागरिकलाई लकडाउन उल्लंघन गरेको आरोपमा नियन्त्रणमा लिएर छाडेको थियो ।

प्रकाशित मिति : २०७७, १६ बैशाख मंगलबार  ३ : ४५ बजे

रसुवाको भोटेकोशीमा एक्कासि ठूलो बाढी, पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना न्यून छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

ब्यारोन ट्रम्पलाई मार्न १ करोड डलरको इनाम घोषणा? इरानी सरकारी टेलिभिजनको भिडियोपछि अमेरिका सतर्क

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा ब्यारोन ट्रम्पलाई

आजको विदेशी मुद्राको विनिमयदर : डलर १५२.३७, पाउन्ड २०८.६७ र युरो १७८.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर