२०८३, ९ असार बुधबार

साँगामा कमाण्ड पोष्टका उच्च अधिकारीः केहि समय यातायात रोकियो, फेरी ग्वारग्वार्ती

साँगामा कमाण्ड पोष्टका उच्च अधिकारीः केहि समय यातायात रोकियो, फेरी ग्वारग्वार्ती


धुलिखेल, १५ बैशाखः जिल्लामा गठन भएको कमाण्ड पोष्टका पदाधिकारीले लकडाउनको अवस्था अनुगमन गरेका छन् । सोमबार उनीहरुले धुलिखेलदेखि काभ्रे र भक्तपुरको सिमाना साँगाभञ्ज्याङ् सम्म अनुगमन गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिना संयोजक रहेको कमाण्ड पोष्टका पदाधिकारी साँगासम्म पुगेका थिए । कमाण्ड पोष्टका पदाधिकारी सवार गाडी साँगामा रोकियो । काभ्रेका प्रहरीले प्रमुख एसपी रविकुमार पौडेलले आफु मातहतका कर्मचारीलाई केहि निर्देशन दिए । एक्कैछिन काभ्रे प्रवेश गर्न लागेका केहि सवारी साधन त्यहि रहेका प्रहरीले चेकजाँच गरे ।

गृह मन्त्रालयका पत्र पाएपछि अनुगमन गर्न पुगेको कमाण्ड पोष्टका पदाधिकारी सवार गाडी फर्किने वित्तिकै पछिपछि अन्य गाडीहरु लस्कर देखिन्थ्यो । पछिल्लो समय स्थानीय तहले रातरात आफ्ना नागरिक लैजान थालेदेखिनै लकडाउन काभ्रे जिल्लामा निकै खुकुलो भएको आभाष भएको थियो ।

दुई राष्ट्रिय राजमार्ग पनि काभ्रे जिल्लामै पर्ने भएर होला लकडाउनको कुनै अनुभूति नागरिकले गरेका छैनन । हुन त यो प्रशासनको लागि भन्दा पनि स्वयम आफ्नै लागि भनेर नागरिकले बुझ्नुपर्ने हो । तर नबुझ्नेलाई बुझाउने काम प्रशासनको हो । लकडाउन भएको ३५ औँ दिन बित्दा पनि लकडाउनको पूर्ण पालना भएको एकदिन पनि छैन ।

बिना पासका सवारी साधन ग्वारग्वार्ती कुदिरहेका छन् । त्यो नियन्त्रण गर्न तर्फ प्रशासन लगभग चुकेको देखिन्छ । पसल खोल्ने र बन्द गर्ने समय निर्धाण गरिएको छ । तर नियम पालना नगर्नेलाई अहिलेसम्म कुनै कारबाही भएको छैन । हुन त काभ्रे जिल्लामा अहिलेसम्म कुनै संक्रमित ब्यक्ति भेटिएका छैनन् । नभेटिउन पनि । तर लकडाउनको औचित्य नै नहुने गरी भइरहेका गतिविधिले संक्रमण नभित्रिएला भन्न सकिन्न । कमाण्ड पोष्टले अनुगमन गर्ने र सुरक्षामा खटिएका प्रहरीहरुको आत्मबल बढाउन काम गर्न जरुरी छ ।

प्रकाशित मिति : २०७७, १५ बैशाख सोमबार  ८ : १३ बजे

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि

रास्वपा महाधिवेशन अघि बढ्यो : मतदाता नामावली प्रकाशन, सभापतिदेखि सबै पदमा प्रतिस्पर्धा खुला

चितवन । प्रतिनिधि नामावली विवादका कारण सोमबारदेखि रोकिएको राष्ट्रिय स्वतन्त्र