२०८३, ९ भाद्र बुधबार

काभ्रेको मण्डनदेपुर नगरपालिका र रोशी गाउँपालिकाले आफ्ना नागरिक गाउँ लैजाने 

काभ्रेको मण्डनदेपुर नगरपालिका र रोशी गाउँपालिकाले आफ्ना नागरिक गाउँ लैजाने 


धुलिखेल १२ बैशाख : काभ्रेको मण्डनदेउपुर नगरपालिकाले सहरमा अलपत्र परेका आफ्ना नागरिकलाई निःशुल्क गाउँ लैजाने भएको छ । आज कोटेश्वरबाट अहिले केहिबेरपछि काठमाण्डौमा रहेका आफ्ना नागरिकलाई लिएर बस गाउँ जाने प्रवक्ता डिल्ली प्रसाद आचार्यले जानकारी दिए ।

नगरपालिकाले लकडाउनपछि राजधानी काठमाण्डौ लगायतका सहरमा अलपत्र परेका आफ्ना नागरिकलाई गाउँ लैजान लागेको हो । हिजो पनि पालिकाले ८० जना नागरिकलाई गाउँ लगेको थियो । सहरबाट गाउँ फर्किएका ८० जनाको नै जिरोकिलोमा स्वास्थ्य परिक्षण गरिएको प्रवक्ता आचार्यले बताएका छन् ।

यस्तै रोशी गाउँपालिकाले पनि आज कोटेश्वरबाट आफ्ना नागरिकलाई गाउँ लैजाने भएको छ । १३ वटा बस मार्फत नागरिक गाउँ लैजान लागेको पालिकाका उपाध्यक्ष लक्ष्मी बर्तोला जानकारी दिएका छन् ।

रोशी जाने बस साँझ ७ बजे कोटेश्वरबाट छुट्ने छ । रोशी गाउँपालिकाले पनि गाउँ जाने सबै यात्रुको स्वास्थ्य परिक्षण गर्ने बताएको छ ।

प्रकाशित मिति : २०७७, १२ बैशाख शुक्रबार  ५ : २९ बजे

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा

भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ता : उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई निर्देशन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवाको

रसुवाको बाढीपछि रविको अपिल : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा