२०८३, ९ भाद्र बुधबार

काभ्रेमा विदेशबाट आएका ४६२ जनामा आरडिटी, सबैको रिपोर्ट नेगेटिभ !

काभ्रेमा विदेशबाट आएका ४६२ जनामा आरडिटी, सबैको रिपोर्ट नेगेटिभ !


धुलिखेल, ११ बैशाखः काभ्रे जिल्लामा हालसम्म विदेशबाट फर्किएका ४६२ जनामा आरडिटी विधि मार्फत कोरोना भाइरसको परिक्षण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले दिएको जानकारी अनुसार जिल्लाका १३ वाटै स्थानीय तहमा विदेशबाट आएका नागरिकको आरडिटी परिक्षण गरिएको हो ।

आरडिटी परिक्षणमा मण्डनदेउपुर नगरपालिका र बेथानचोक गाउँपालिकाका १/१ जनामा कोरोना भाइरसको पोजेटिभ देखिएको थियो । बाँकीमा भने कुनै समस्या नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताए ।

काभ्रे जिल्लाका ६० जनाको स्वाब परिक्षण गरिएको छ । स्वाब परिक्षणमा पनि कुनै ब्यक्तिमा कोरोना संक्रमण नदेखिएको डाक्टर झाले बताउनुभयो । धुलिखेल अस्पतालमा हरेक हप्ताको आइतबार र बुधबार स्वाब परिक्षण हुदैँ आएको छ । धुलिखेल अस्पतालमा हालसम्म टेकु अस्पतालबाट पठाइएका सहित ४ सय ७३ जनाको स्वाब परिक्षण गरिएको छ ।

जिल्लामा ब्यक्तिगत सुरक्षा सामग्री ८ सय ४३ थान भित्रिएको छ । त्यस्तै सर्जिकल मास्क ५१ हजार ३ सय ३५ थान र सर्जिकल गाउन ४४ थान रहेको छ । जिल्लामा ४२ सय १ बोतल सेनिटाइजर, एन–९५ मास्क २ सय १८ वटा रहेको छ ।

प्रकाशित मिति : २०७७, ११ बैशाख बिहीबार  ३ : ५२ बजे

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा

भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ता : उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई निर्देशन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवाको

रसुवाको बाढीपछि रविको अपिल : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा