२०८३, ११ कार्तिक बुधबार

दोलालघाटका नदीमा तस्करहरु अझै सक्रिय, तस्करलाइ प्रशासनकै साथ !

दोलालघाटका नदीमा तस्करहरु अझै सक्रिय, तस्करलाइ प्रशासनकै साथ !


धुलिखेल, ८ बैशाखः तपाई त लकडाउन पालना गरेर घरमै बस्नुभएको होला ? तपाईका छिमेकी के गर्दैन छन् कुन्नी ? यस्तो बेला सबैको जानकारी लिने कुरा पनि भएन । तर दोलालघाट बगरमा भने तस्कारहरु लकडाउन पहिलेभन्दा बढी सक्रिया भएका छन् ।

प्रशासनकै मिलेमत्तोमा ठेक्का नलागेको ठाउँबाट बालुवा उत्खन्न भइरहेको स्थानीयले बताए । भुम्लु गाउँपालिकाको वडा नम्बर १० मा पर्ने पशुपति बगर । जहाँ गाउँपालिकाले ठेक्का त लगाएको छ । तर वातारवणीय प्रभाव मुल्याङ्कन प्रतिवेदनमा भने स्काभेटर प्रयोग गर्न नपाइने उल्लेख छ । तर प्रतिवेदनको ठीक विपरित अहिले दुई वटा स्काभेटर प्रयोग गरेर बालुवा उत्खन्न भइरहेको स्थानीय उद्धव खरेलले बताए ।

प्रशासनको आडमा लकडाउनको धज्जी उठाउँदै तस्कारहरुले अवैध ढंगबाट बालुवा उत्खन्न गरेपछि स्थानीयले गाउँपालिकामा सोमबार ज्ञापन पत्र समेत बुझाएका छन् । उनीहरुले तत्काल अवैध उत्खन्न रोक्न पालिकाको ध्यानाकर्षण गराएका हुन् । ज्ञापनपत्र बुझ्दै पालिका प्रमुख गुमानध्वज कुवँरले अवैध उत्खन्न रोक्ने बताउँदै प्रमुख जिल्ला अधिकारीलाई फोन गरेका थिए । तर प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले राष्ट्रिय गौरबका आयोजनाका लागि निर्माण सामग्री ढुवानी भइरहेको भन्दै रोक्न नमिल्ने जवाफ दिएको पालिका प्रमुख कुवँरले बताए ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट सवारी पास लिएर अहिले पनि टिपरहरु चलिरहेका छन् । भुम्लु गाउँपालिका वडा नम्बर १० बरबोटमा रहेको सामान्तरण निर्माण सेवा प्रा.लिबाट दैनिक ६० वटा टिपरले निर्माण सामग्री ओसारी रहेको स्थानीयको दाबी छ ।

प्रकाशित मिति : २०७७, ८ बैशाख सोमबार  ६ : १६ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता