२०८३, ९ असार बुधबार

तेमाल चुखामा बार्षिक १ करोडकाे काक्रो बिक्री

तेमाल चुखामा बार्षिक १ करोडकाे काक्रो बिक्री


धुलिखेल, ७ बैशाखः तेमाल गाउँपालिका वडा नम्बर २ चुखामा काक्रो बिक्रीबाट मात्रै बार्षिक १ करोड रुपैयाँ भित्र्ने गरेको छ । बैशाख र जेठ दुई महिना काक्रोको सिजन हो । चुखाका अधिकांश किसानको बारीमा काक्रो टिप्ने बेला भएको छ ।

एक जना किसानले ५ लाख रुपैयाँसम्मको काक्रो बेच्ने गरेको वडाध्यक्ष तिमाल सिं तामाङले बताउनुभयो । वडाध्यक्ष तामाङका अनुसार किसानहरुले जग्गा भाडामा लिएर समेत काक्रो खेती गरिरहेका छन् । चुखा क्षेत्रमा मात्रै ४ सय किसानले काक्रो खेती गरिरहेका छन् ।

यो वर्ष ८ रोपनी जग्गामा काक्रो लगाएका किसान बिरनन्द तामाङले राम्रो भाउ पाए ५ लाखभन्दा बढी आम्दानी लिने बताए । ‘काक्रोको प्रति केजी ४०/५० रुपैयाँ भाउ पाइयो भने ५ लाख कट्छ बिरनन्दले भने ‘राजमा र चौमासे सिमी ले पनि लगाएको छु ।’

चुखामा जनप्रनितिधि देखि शिक्षकसम्म खेतीमा होमिएका छन् । राम्रो आम्दानी गरिरहेका छन् । आर्थिक अवस्था सुधार हुदैँ गएपछि झैझगडा पनि नहुदाँ रहेछ, वडाध्यक्ष तामाङले भने ।’

चुखाका किसानले काक्रो पछि लगाएको दोस्रो महत्वपूर्ण नगदे बाली हो राजमा । त्यसपछि चौमासे सिमी, गोलभेडा, खुर्सानी, बकुला, साग, बोडी, धनियाँ जस्ता नगदेबालीबाट किसानले आम्दानी गरिरहेका छन् ।

खेतीमा लागि रहेका किसानले पानीको भने समस्या औल्याएका छन् । ‘खेती गर्ने किसानको संख्या बढ्दो छ, त्यहि अनुसार खेतीको गर्ने जग्गाको क्षेत्रफल पनि बडिनै रहेको छ, किसान बिरनन्दले भने ‘पानीको मात्रा बढाउन सकियो भने आम्दानी अझ बढि लिन सकिन्थ्यो ।’

प्रकाशित मिति : २०७७, ७ बैशाख आईतबार  ४ : २९ बजे

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि