२०८३, ९ भाद्र बुधबार

काभ्रेका २६३ जनामा आरडिटी मार्फत कोरोना परिक्षण, सबैको रिपोर्ट नेगेटिभ

काभ्रेका २६३ जनामा आरडिटी मार्फत कोरोना परिक्षण, सबैको रिपोर्ट नेगेटिभ


धुलिखेल, ३ बैशाख, काभ्रे जिल्लामा हालसम्म २६३ जनामा आरडिटी बिधि मार्फत कोरोना भाइरसको परिक्षण गरिएको छ । परिक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए ।

हिजोको आरडिटी परिक्षणमा बेथानचोक गाउँपालिका वडा नम्बर ५ का १ जना र मण्डनदेउपुर नगरपालिका वडा नम्बर ३ का १ जना युवाको पोजेटिभ देखिएको थियो । तर आज धुलिखेल अस्पतालमा उनीहरुको स्वाब परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको डाक्टर झाले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय धुलिखेल तयार पारेको विवरण अनुसार २६३ जनामध्ये अधिकांश विदेशबाट आएका नागरिक छन् । काभ्रेको १३ वाटै स्थानीय तहमा आरडिटी परिक्षणका लागि किट पठाइएको थियो । चैत ३० गतेदेखि जिल्लाभर परिक्षण सुरु भएको गरिएको थियो ।

जिल्लाको सबैभन्दा बढी पनौती नगरपालिकामा ६७ जनामा आरडिटी परिक्षण गरिएको छ । फागुन ३० गतेदेखि यता विदेशबा जिल्ला भित्रिएका नारिकमा आरडिटी मार्फत परिक्षण गरिएको डाक्टर झाले बताए । सबैभन्दा कम जिल्लाको अतिविकट डाँडापारी क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकामा २ जनाको आरडिटी परिक्षण गरिएको छ ।

बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले काभ्रे जिल्लाका लागि ३ सय आरडिटी किट पठाएको थियो ।

अन्य पालिकाको वितरण यस्तो छ ।

 

प्रकाशित मिति : २०७७, ३ बैशाख बुधबार  ७ : ५८ बजे

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा

भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ता : उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई निर्देशन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवाको

रसुवाको बाढीपछि रविको अपिल : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा