२०८३, १२ कार्तिक बिहीबार

काभ्रेका दुई युवाको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ

काभ्रेका दुई युवाको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ


धुलिखेल, ३ बैशाखः हिजो र्यापिड टेष्टमा पोजेटिभ देखिएका काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ५ का १ जना र मण्डनदेउपुर नगरपालिका वडा नम्बर ३ का १ जना युवाको स्वाब परिक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।

उनीहरुलाई हिजो नै धुलिखेल अस्पतालमा ल्याएर आइसोलेसन कक्षमा राखिएको थियो । आज परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए ।

धुलिखेल अस्पतालमा रामेछाप स्थायी ठेगाना भई हाल बनेपा नगरापालिकामा अस्थायी रुपमा बसोबास गर्ने २ जना र सनसिटी अपार्टमेन्टमा बस्ने धुलिखेल नगरपालिका वडा नम्बर ७ का एक जना युवाको पनि स्वाब रिपाेर्ट नेगेटिभ आएको डाक्टर झाले पुष्टि गरे ।

काभ्रे जिल्लामा बुधबार ५० जना समेत गरी जम्मा २६३ जनाको र्यापिट टेष्ट विधि मार्फत कोरोना भाइरसको परिक्षण गरिएको छ । काभ्रेमा फागुन ३० गतेदेखि हालसम्म विदेशबाट २२१ जना भित्रिएका छन् । जिल्लामा १३ वटा आइसोलेसन कक्ष रहेको छ । त्यस्तै २८८ शैयाको क्वारेन्टाइन तयारी अवस्थामा रहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।

आज लकडाउन उल्लंघन गर्ने २१ वटा मोटरसाइकल, ४ वटा स्कुटर र १ वटा कार र बोलेरो गाडी २ गरी २८ वटा सवारी साधन कारबाहीमा परेका छन् । प्रशासनले सिमा नाकामा कडाइ गरेपछि हिडेरै घर जान लागेको यात्रुहरु विचल्निमा परेका छन् ।

प्रशासनले अरनिको र बीपी राजमार्गमा अनावश्यक हिडडुल गर्ने ब्यक्ति र अत्यावश्यक सेवा बाहेकका सवारी साधन सञ्चालनमा पूर्ण निषेध गरेकाे छ ।

प्रकाशित मिति : २०७७, ३ बैशाख बुधबार  ६ : २६ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता