२०८३, १२ कार्तिक बिहीबार

काभ्रेका स्थानीय तह सूचना निकाल्नै ब्यस्त, कारबाही गर्ने निकाय खै ?

काभ्रेका स्थानीय तह सूचना निकाल्नै ब्यस्त, कारबाही गर्ने निकाय खै ?


धुलिखेल, ३ बैशाखः काभ्रे जिल्लाका विभिन्न स्थानीय तहले पसल खोल्ने समय तोक्ने देखि भोजभतेर नगर्न समेत उर्दी जारी गरेका छन् । तर यदि तोकिएकाे अनुसार नियम पालना नगर्नेलाई कारबाही गर्ने निकाय भने अहिले सम्म निक्र्यौल भएको छैन ।

बनेपा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बलराम अधिकारीले आफ्नो वडाबासीलाई मर्निवाङमा समेत नजान आग्रह गर्दै सूचना जारी गरे । उनको त्यो आग्रह वडाबासीले मानेका छैनन् । हुन यो बेला स्वअनुशासित हुने बेला हो । तर नमान्नेलाई कारबाही नगर्ने हो भने भोली एक जनाले गर्दा उत्पादन हुने महामारीबाट कतिलाई जोगाउने ?

लकडाउनकै बीचमा इलाका प्रहरी कार्यालय बनेपाले भट्टी पसलमा रहेको मदिरा नष्ट गर्यो । पाँचखाल नगरपालिकाका मेयर महेश खरेल आफै भट्टी पसलको अनुगमन गर्न निस्किए । केहिलाई कारबाही गर्ने चेतावनी पनि दिए । तर अहिले पनि नगरपालिकाभित्र खुलेआम भट्टी पसल खुलिरहेको गुनासो आइरहेका छन् ।

धुलिखेलको पुरानो बजारमा बिहान पुग्दा लाग्छ, लकडाउन यस्तै रैछ । चिया देखि मदिरा पसल, ब्यूटि पार्लस देखि लैसुनसम्म खुलेआम खुलेका छन् । वडा कार्यालयहरुले सुचना निकालेका छन् । तर सुचना अटेर गर्नेलाई अहिलेसम्म कुनै कारबाही भएको पाइदैँन ।

तेमाल गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष मान बहादुर श्रेष्ठले भोजभतेर नगर्न आग्रह गर्दै सुचना जारी गरे । तर भोजभतेर गरे कारबाही गर्ने कस्ले ? भट्टी पसल खोले कारबाही निकाय कुन हो ? बनेपा, पाँचखाल, धुलिखेल र तेमाल एउटा प्रतिनिधिमात्रै हो । जिल्लाको ६ वटा नगरपालिका र ७ वटा गाउँपालिकाका १३५ वटा वडाले नै हरेक दिन जसो कोरोना भाइरस रोकथामका लागि कुनै न कुनै सूचना निकालिरहेका हुन्छन् ।

तर त्यो सुचना अनुसार काम नगर्नेलाई कारबाही गर्ने निकाय त पराको कुरा उजुरी सुन्ने ब्यक्तिसम्म तोकिएको छैन । नगरपालिका र गाउँपालिकाले त तोकेका छैनन । भने वडा कार्यालयले तोक्न सक्ने कुरै भएन । स्थानीय तहलाई अधिकार हुदाँ हुदैँ पनि राजनीतिक आडमा ब्यवहार गरिएको पाइएको छ । जबसम्म तपाई जनप्रतिनिधिहरु सुचना मात्रै निकाल्नु हुन्छ र कारबाहीको प्रक्रियामा जान सक्नुहुन्न । तबसम्म तपाईका नागरिक सुरक्षित रहन सक्दैनन् ।

प्रकाशित मिति : २०७७, ३ बैशाख बुधबार  ३ : २७ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता