२०८३, १० असार बिहीबार

काभ्रे प्रशासनको बल्ल खुल्यो चेत !

काभ्रे प्रशासनको बल्ल खुल्यो चेत !


धुलिखेल, २ बैशाखः सरकारले चौथो पटक लकडाउनको समय थपेपछि काभ्रे प्रशासनले हिड्डुलमा कडाइ गर्ने भएको छ । लकडाउनको २० औँ दिनसम्म चुपचाप बसेको जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र अनावश्यक रुपमा हिड्डुल गर्ने ब्यक्तिहरुलाई सोहि स्थानबाट नियन्त्रणमा लिने र छिमेकी जिल्लाबाट पैदल हिडेर काभ्रे प्रदेश गर्नेलाई प्रवेश निषेध गर्ने बताएको हो ।

काभ्रे जिल्लामा दुई वटा राष्ट्रिय राजमार्ग छन् । अहिले सयौँ मानिस काभ्रे हुदैँ आफ्नो गन्तब्य हिडेरै जाने गरेका छन् । बनेपा प्रहरीले यसअघि पनि पटक–पटक लकडाउन उल्लंघन गरेको भन्दै सयौँलाई नियन्त्रणमा लिएर छाडेको छ । मानिसहरु राता रात बनेपा धुलिखेल हुदैँ हिडेर जाने गरेका छन् । तर प्रशासनले हालसम्म कुनै एक्सन लिएको थिएन् । हुन त नागरिक आफै सचेत हुनुपर्ने हो । सचेत नहुनेलाई कारबाही गर्ने निकाय भनेको प्रशासन नै हो ।

मंगलबार भने प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले एक सुचना निकालेर जिल्ला प्रवेश गर्नेलाई पूर्ण रुपमा निषेध गर्ने बताए । प्रजिअ तिमिल्सिनाले यसअघि पनि यस्ता सुचना जारी गर्ने गरेका छन् । तर ब्यवहारमा लागु भने भएको छैन् । भक्तपुर हुदैँ दैनिक सयौँको संख्यामा हिडेर काभ्रे आएकाहरुलाई केहि संघसंस्थाले निःशुल्क खानाको समेत ब्यवस्था गरेका छन् । मावनीय हिसाबले यसो गर्नु ठिकै होला तर रोग संक्रमणका हिसाबले यसो गर्नु उचित होइन । यो विषयमा प्रशासनले कुनै चासो दिएको छैन ।

धुलिखेल, जहाँ प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, नेपाली सेना लगायतका जिल्लाका उच्च अधिकारीहरु बस्ने ठाउँमा समेत लकडाउन प्रभावकारी देखिएको छैन । धुलिखेलका कुनै पनि पसलहरुमा सामाजिक दुरी कायम गरिएको छैन । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कमाण्ड पोष्ट छ । पास नलिएका सवारी साधनहरुले समेत मान्छे बोकेर हिडिरहेका छन् । तर प्रशासनले देख्ने गरेको छैन् । मंगलबार जारी गरेको सुचना पनि यसअघिको जस्तै हुनेमा शंका छ । राजमार्गमा खटिएका प्रहरीहरुका लागि समेत पर्याप्त मास्क प्रशासनले उपलब्ध गराउन सकेको छैन् ।

प्रजिअले हिड्डु गर्नेलाई यसअघि पर्ने रोक्ने बताएका थिए । तर बीपी राजमार्गमा नमोबुद्ध र रोशी गाउँपालिकाले मानवीय सहयोगको नाममा गाडी मार्फत नै आफ्नो सिमाना कटाइरहेका छन् । प्रशासनले रोक्न सकेको छैन् । कोरोना भाइरसको संक्रमण निन्त्रणमा प्रशासनको भुमिका निकै कमजोर बनेको जिल्लाका नागरिक सामाजका ब्यक्तिहरुले टिप्पणी गर्न थालेका छन् ।

प्रकाशित मिति : २०७७, २ बैशाख मंगलबार  ७ : २० बजे

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा