२०८३, १२ कार्तिक बिहीबार

मण्डनदेउपुरका मेयर वाइबाले भने ‘विकास निर्माणमा छिट्टै पहिलेकाे अवस्थामा फर्किने छौँ’

मण्डनदेउपुरका मेयर वाइबाले भने ‘विकास निर्माणमा छिट्टै पहिलेकाे अवस्थामा फर्किने छौँ’


धुलिखेल, १ बैशाखः काभ्रे जिल्लाकै कान्छो नगरपालिका,  मण्डनदेउपुर नगरपालिकाका मेयर टोक बहादुर वाइबाले विकास निर्माणमा छिट्टै पहिलेकै अवस्थामा फर्किने विश्वास ब्यक्त गरेका छन् । नयाँ वर्ष २०७७ सालको अवसरमा नगरबासीलाई शुभकामना दिदैँ मेयर वाइबाले अहिले विश्व ब्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस विरुद्धको लडाइ जित्ने र विकास निर्माणका योजनालाई सार्थक ढंगबाट अघि बढाउने बताएका हुन् ।

मेयर वाइबाले शुभकामना सन्देशमा भनेका छन् ‘काभ्रे जिल्लाको सबैभन्दा कान्छो यस नगरपालिका पनि विकास निर्माणमा अघि बढिरहेकै थियाे। हामीले अघि सारेका कतिपय योजनाहरु तत्काललाई थाँति राख्दै मानव जातिकै रक्षाका लागि सम्पूर्ण ध्यान केन्द्रित गरेका छौँ । मलाई दृढ विश्वास छ हामी पुनः विकास निर्माणमा पहिलेकै अवस्थामा फर्किने छौँ । ‘कृषि र पर्यटन, देउपुर र मण्डन’ भन्ने नगरपालिकाको नारालाई सार्थक बनाउने छौँ ।’

शुभकामना सन्देश मार्फत उनले २०७२ सालको भुकम्पमा  मण्डनदेउपुर क्षेत्रबाट धेरैले धनजनको क्षति ब्यहोर्नु परेको कुरा स्मरण गर्दै कोरोना भाइरसको संक्रमण फैलिन नदिन नगरपालिका, प्रदेश र संघ सरकारले अघि सारेका प्रयासहरुलाई सकारात्मक रुपमा लिएर ब्यवहारमा उतार्न आग्रह गरेका छन् । मेयर वाइबाले तीन तहकै सरकारले कोरोना भाइरस नियन्त्रणका लागि अघि सारेको अभियानमा नगरबासीले साैहार्दपूर्ण साथ, सहयोग र सद्भाव दिएको भन्दै आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरेको बताएका छन् ।

सन्देशमा उनले काेराेना भाइरस नियन्त्रण गर्ने  यो अभियानमा उच्च मनोबलका साथ सक्रिय रहनुभएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, आम कर्मचारी,नगरबासी, राजनीतिक दल, नागरिक समाज र पत्रकारलाई नगरपालिकाको तर्फबाट सम्मान ब्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०७७, १ बैशाख सोमबार  ७ : २९ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता