२०८३, १७ बैशाख शुक्रबार

काभ्रेका सबै स्थानीय तहमा कोरोना भाइरस परीक्षण सुरु

काभ्रेका सबै स्थानीय तहमा कोरोना भाइरस परीक्षण सुरु


धुलिखेल, ३० चैतः जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले विदेशबाट आएका नागरिकको कोरोना भाइरस परीक्षणका लागि र्यापिड किट सम्बन्धित स्थानीय तहलाई हस्तान्तण गरेको छ । आइतबार कार्यालयले किट र एन ९५ मास्क हस्तान्तण गरेको हो ।

ल्याब भएका सबै स्थानीय तहलाई किट दिइरसकेको र विदेशबाट आएकाको परीक्षण हुने जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए । सबैभन्दा बढी पनौती नगरपालिकामा किट पठाइएको छ । पनौती नगरपालिकाले आइतबार ५ जनाको परिक्षण गरिसकेको छ । ६१ जनाको परिक्षण गर्नका लागि किट प्राप्त भएको र अबको एक दुई दिनभित्रै परिक्षण सकाइने नगरपालिकाका स्वास्थ्य संयोजक पुरुषोत्तम तिमिल्सिनाले बताए । जिल्लामा विदेशबाट फर्किनेको संख्या जिल्लाको सबैभन्दा बढी पनौती नगरपालिकामा रहेका छन् ।

रोशी गाउँपाकिलाले पनि परिक्षण सुरु गरेको छ । विदेशबाट आएका १७ जनाकै घरमा पुगेर रगत संकलन गरी मंगलटारमा रहेको ल्याबमा परिक्षण सुरु गरिएको पालिकाले जनाएको छ । पाँचखाल नगरपालिकाले ४० थान किट पाएको छ । विदेशबाट आएका ३८ जनाको परिक्षण हुने मेयर महेश खरेलले जानकारी दिए ।

धुलिखेल नगरपालिकाले  धुलिखेल  प्राथमिक स्वास्थ्य केन्द्रमा ६ जनाको कोभिड १९ को परिक्षण परिक्षण सुरु गरेकाे छ । साेमबार पनि परिक्षण गरिने स्वास्थ्य शाखा संयाेजक सन्दिप केसीले बताए ।

महाभारत र खानीखोला गाउँपालिकाका लागि २० वटा किट पठाइएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले काभ्रे जिल्लालाई ३ सय थान किट पठाएको थियो । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार फागुन ३० गतेदेखि यता जिल्लामा २७१ जना विभिन्न देशबाट फर्किएका नागरिक सम्पर्कमा आएका छन् ।

प्रकाशित मिति : २०७६, ३० चैत्र आईतबार  ६ : ०८ बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले