२०८३, १२ कार्तिक बिहीबार

तपाई धुलिखेल–४ मा बस्नुहुन्छ ? ‘कुनै समस्या परे फोन गर्नुस् वडाध्यक्ष कर्माचार्यलाई’

तपाई धुलिखेल–४ मा बस्नुहुन्छ ? ‘कुनै समस्या परे फोन गर्नुस् वडाध्यक्ष कर्माचार्यलाई’


धुलिखेल, २९ चैतः २०७२ को भुकम्पका बेला पनि कोठा भाडामा बस्नेलाई राहत वितरणमा विभेद गरेको गुनासो थुप्रै सुनियो । अहिले पनि धेरै ठाउँमा यस्तै गुनासो आइरहेका छन् । तर धुलिखेल नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष रविन्द्र कर्माचार्यले भने कोठा भाडामा बस्नेलाई पहिलो प्राथमिक दिएका छन् । २८ किलो, बाँसघारी, छापगाउँ लगायत टोलका घरमा अन्यत्रबाट आएकालाई पनि उनले कुनै विभेद गरेनन् ।

वडा कार्यालयका नागरिकलाई राहत दिन अहिलेसम्म नगरपालिकाले एक गेडा चामल समेत उपलब्ध नगराएको वडाध्यक्ष कर्माचार्यले जानकारी दिए । न त कुनै संघसंस्था नै पुगेका छन् । तर वडाध्यक्ष कर्माचार्यले वडाभित्रका तत्काल समस्या नपर्ने ब्यक्तिहरुलाई आह्वान गरे । केहि ब्यक्तिले दिएको सहयोगबाट नै हालसम्म ३ सय जना विपन्न, अतिविपन्न, कोठा भाडामा बस्ने, दैनिक ज्याला मजदुरी गर्ने र अशाय, अपाङ्ता भएका ब्यक्तिलाई राहत वितरण गरिएको छ । ‘अहिलेसम्म नगरपालिकाबाट कुनै पनि राहतका सामग्री मेरो वडामा आइपुगेका छैन्, वडाध्यक्ष कर्माचार्यले भने ‘वडाभित्रैका दाजुभाई दिदीबहिनीहरुले गर्नुभएको सहयोगबाट समस्यामा परेका ब्यक्तिलाई राहत उपलब्ध गराएका हौँ ।’

वडा आफैले मापदण्ड बनायो । दैनिक भान्सामा आवश्यक पर्ने चामल १० किलो, दाल १ किलो, नुन एक प्याकेट, चिनी १ किलो, तेल एक लिटर र एउटा हातधुने साबुन दिने । वडाध्यक्ष कर्माचार्यले वडासदस्य, टोल सुधार समिति र विभिन्न सरोकारवाला ब्यक्तिहरुलाई समस्यामा परेका ब्यक्तिको विवरण संकलन गर्न लगाए । सोहि विवरणका आधारमा थप १ सय ५० जनाका लागि राहत कुपन बाँडिसकेका छन् । सोमबार यी १ सय ५० जनालाई राहत उपब्ध गराइने वडाध्यक्ष कर्माचार्यले बताए ।

वडाध्य कर्माचार्य मजदुर, कोठा भाडामा बस्ने, बृद्धबृद्धालाई लकडाउनका कारण कुनै समस्या परे आफ्नो फोन नम्बर ९८४३३४३१०६ मा फोन गर्न समेत आग्रह गरे ।

प्रकाशित मिति : २०७६, २९ चैत्र शनिबार  ६ : ५१ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता