२०८३, ९ भाद्र बुधबार

नेविसंघ काभ्रेको पैदलयात्रुलाई निःशुल्क खाना र अण्डा

नेविसंघ काभ्रेको पैदलयात्रुलाई निःशुल्क खाना र अण्डा


धुलिखेल, २९ चैतः लकडाउन लम्बिएसँगै राजधानीबाट आफ्नो घर तर्फ हिडेका यात्रुलाई नेपाल विद्यार्थी संघ काभ्रेले निःशुल्क खाना खुवाई रहेको छ । काँग्रेस निकट विद्यालर्थीहरुले अरनिको राजमार्ग अन्तर्गत पाँचखालसम्म र बीपी राजमार्गको काभ्रेभञ्ज्याङसम्म खाना उपलब्ध गराएका हुन् ।

काभ्रे र भक्तपुरको सिमाना सागाँभञ्ज्याङ देखि पैदलयात्रुलाई खाना उपलब्ध गरादैँ आएको नेविसंघका अध्यक्ष नेरपेश बादेले बताए । नेविसंघले बिहीबारबाट निःशुल्क खाना उपलब्ध गराउन थालेको हो । हालसम्म ७ सयभन्दा बढीलाई खाना दिइसकेको अध्यक्ष बादेले बताए ।

नेविसंघले आफ्नै साथीहरुसँग रकम उठाएर निःशुल्क खाना उपलब्ध गराएको हो । केहि चामल भने बागमीत टिपर ब्यवसायी संघ पनि उपलब्ध गराएको छ । लकडाउन लम्बिएपछि राजधानीबाट सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुंगा सहित तराईका विभिन्न जिल्लाका नागरिक आ–आफ्नो गन्तब्यमा काभ्रे हुदैँ हिडेर गइरहेका छन् । लकडाउनपछि होटल पसल बन्द छन् । पैदय यात्रुलाई खानाको समस्या नपरोस् भनेर सार्थीहरु मिलेर निःशुल्क खाना दिन सुरु गरेको अध्यक्ष बादेले बताए ।

पैदलयात्रुका लागि दैनिक २५ देखि ३० किलो चामल पकाउने गरिएको छ । खाना, आलु–काउलीको तरकारी, अण्डा र सालाद सहितको प्याकिङ खाना पैदलयात्रुलाई दिने गरेको अध्यक्ष बादेले जानकारी दिए । नेविसंघले ड्युटीमा खटिएका प्रहरीलाई समेत खाना दिने गरेको छ । ‘अहिले काभ्रे हुदैँ धेरै जान आ–आफ्नो जिल्लामा हिडिरै गइरहनुभएको छ, होटलहरु पनि बन्द छ, यस्तो बेला खानाको समस्या नहोस भनेर निःशुल्क खाना उपलब्ध गराइरहेका छौँ, अध्यक्ष बादेले भने ‘यो विपद्को बेला एकले अर्कोलाई सहयोग गर्नै पर्छ ।’

यसैबीच नेविसंघले अपाङ्गता, बृद्धबृद्धा, एक महिला र सुत्केरी गरी ७५ जनाभन्दा बढीलाई राहत सहयोग गरेको छ । चालम, दाल, तेल, नुन जस्तो दैनिक भान्सामा प्रयोग हुने चित सहयोग गर्दै आएको हो ।

प्रकाशित मिति : २०७६, २९ चैत्र शनिबार  २ : १२ बजे

रसुवामा बाढीबाट मानवीय क्षति पुष्टि, यकिन विवरण आउन बाँकी

काठमाडौं । रसुवामा आएको बाढीबाट मानवीय क्षति भएको पुष्टि भएको

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा

भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ता : उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई निर्देशन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवाको