२०८३, ९ भाद्र बुधबार

काभ्रेको कुन पालिकामा कति महिला स्वास्थ्य स्वयमसेविका ?

काभ्रेको कुन पालिकामा कति महिला स्वास्थ्य स्वयमसेविका ?


धुलिखेल, २९ चैतः नेपालमा मातृशिशु मृत्यु दर कम गराउन उल्लेखिय भूमिका खेलेका महिला स्वास्थ्य स्वयमसेविका फेरी एक पटक कोरोना भाइरस विरुद्ध सचेतना जगाउन परिचालित हुदैँछन् । सरकारले देशभरका महिला स्वास्थ्य स्वयम सेविकालाई सचेतना अभियानमा परिचालिन गर्न लागेको हो ।

काभ्रेको १३ स्थानीय तहमा हाल ९६७ जना महिला स्वास्थ्य स्वयमसेविका रहेका छन् । यो तथ्याङ्क सम्बन्धित गाउँपालिकामा रहेको स्वास्थ्य संयोजकहरुसँग सम्पर्क गरिर तयार पारिएको हो । जिल्लाको सबैभन्दा बढी पनौती नगरपालिकामा १२० जना महिला स्वास्थ्य स्वमयसेविका रहेका छन् ।

कोरोना भाइरस विरुद्ध सचेतना अभियानमा उनीहरुलाई कसरी परिचालन गर्ने भन्ने स्पष्ट मापदण्ड भने तयार भइसकेको छैन । तर अहिले पनि महिला स्वास्थ्य स्वयम सेविकाहरु कुनै न कुनै रुपमा खटिनै रहेका छन् । उनीहरुलाई थप सेवा सुविधा सहित परिचालन गर्न लागिएको हो ।

जिल्लाको अति विकट डाँडापारी क्षेत्रमा पर्ने खानीखोला र महाभारत गाउँ गाउँपालिकामा ४५/४५ जना महिला स्वास्थ्य स्वयमसेविका रहेका छन् । ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका रहेको काभ्रेमा १३५ वटा वडा रहेका छन् । ती सबै वडामा भेग हेरेर एकदेखि दुईसम्म महिला स्वास्थ्य स्वयमसेविका राखिएको छ ।

हेरौँ कुन पालिकामा कति छन् महिला स्वास्थ्य स्वयमसेविका

प्रकाशित मिति : २०७६, २९ चैत्र शनिबार  ११ : ३१ बजे

रसुवामा बाढीबाट मानवीय क्षति पुष्टि, यकिन विवरण आउन बाँकी

काठमाडौं । रसुवामा आएको बाढीबाट मानवीय क्षति भएको पुष्टि भएको

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा

भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ता : उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई निर्देशन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवाको