२०८२, २ माघ शुक्रबार

कुटनीतिक नम्बरको गाडीमा थर्मो गनको कालोबजारी, काउन्सलर अग्रवाल पक्राउ

कुटनीतिक नम्बरको गाडीमा थर्मो गनको कालोबजारी, काउन्सलर अग्रवाल पक्राउ


काठमाडौं, २५ चैत  :  नेपालमा कोरोना महामारीको अवसरलाई छोपेर व्यापारीहरुले कालोबजारी गरिरहेको गुनासो आइरहेका छ । कोरोनाको मौका छोपेर व्यापारीले मात्र होइन एक जिम्मेवार व्यक्तिले समेत कमाउ धन्दा चलाइरहेको घटना बाहिर आएको छ ।

महानगरीय अपराध महाशाखाको विशेष टोलीले मंगलबार ६७ थान थर्मो गन प्रतिगोटा १५ हजारका दरले १० लाख रूपैयाँमा बेच्न कुटनीतिक गाडीमा आएका किर्गिस्तानका लागि नेपालका अनररी काउन्सलर सुलभ अग्रवाललाइ पक्राउ गरेको छ ।

प्रहरीले कुटनीतिक नम्बर प्लेटको २०९–एचसीसी–१ नम्बरको गाडीमा ज्वरो नाप्ने यन्त्रको कालोबजारी गरिररहेको अवस्थामा अग्रवाललाइ पक्राउ गरेको हो । उनका साथबाट ६७ थान थर्मो गन समेत बरामद भएको छ ।

जगदम्बा सिमेन्ट, जगदम्बा छड र धागो उद्योगका मालिक समेत रहेका अग्रवाललाई नक्साल क्षेत्रबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ । २०९ एचसीसी १ नम्बरको गाडीमा थर्मल गन बेच्दै हिडेको अवस्थामा महाशाखाले फेला पारेको हो ।

गत साता नेपाल वायुसेवा निगमको वाइडबडी जहाज प्रयोग गरी केहि व्यापारीले चीनबाट सामग्री ल्याएका थिए । सोही जहाजमा शंकर ग्रुपले पनि स्वास्थ्य सामग्री ल्याएको पाइएको छ ।
नयाँ पेजबाट साभार

प्रकाशित मिति : २०७६, २५ चैत्र मंगलबार  ४ : ३७ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा